चिलीमा सुनामीको खतरा टर्यो, भुकम्पको तरंग न्युजिल्याण्ड, अष्ट्रेलिया र जापानसम्म पुग्ने
३१ भदौ, एजेन्सी।
बिहिबार चिलीमा भएको ८.३ रेक्टर स्केलको भुकम्प पछि समुन्द्रि तटका मानिसहरुलाई सुनामीको चेतावनी दिदै त्यहाँबाट अन्तत्र सर्न चिली सरकारले बताएको केही घण्टा पछि भने ठुलो सुनामीको सम्भावना टरेको बताएको छ।
फ्रेन्च पोलीनेसिया, मान्गरेभा टापुमा रेहेको रिकिटियाको पुर्वी सहरहरुमा सुनामीको पहिलो छाल आउने बताइएको थियो। तर ती छालहरु केबल २८ सेन्टीमिटरमात्र अग्लो भएको र ठुलो छाल सहित सुनामी आउने सम्भावना नरहेको चिली सरकारले आफ्ना नागरिकहरुलाई बताएको छ। कन्क्वीबोमा ४.५ मिटर र टङ्ग्वेमा २ मिटर सम्मको समुन्द्री छाल रेकर्ड गरिएको छ।
यो भुकम्पको कारण चिलीमा आठ व्यक्तिको ज्यान गएको बताइएको छ। १० सौं लाख मानिसहरुलाई सुनामीको खतराबाट जोगाउन अन्यत्र सारिएको थियो। फोन तथा सञ्चारको सुविधा प्रभावित भएकाले पुर्ण क्षतिको विवरण अझै आउन बाँकी नै छ।
राजधानी सान्टीयागोबाट २३२ किलोमिटर उत्तर-पश्चिममा केन्द्र रहेको यो भुकम्प स्थानीय समय अनुसार बेलुकाको ८ बजे (11 pm GMT) गएको थियो।
)भुगर्भशास्त्रीहरुले यसको तरंग दक्षिण प्यासिफिस टापुहरुमा ९ देखि १२ घण्टा पछि पुग्ने बताएका छन्। साथै यसको तरंग न्युजिल्याण्ड, अष्ट्रेलिया र जापानमा पनि १२ देखी २४ घण्टा भित्र पुग्ने बताइएको छ। जसले गर्दा समुन्द्री तटहरुमा केही अग्ला छालहरु आउनसक्ने बताइन्छ।
सन् २०१० मा ८.८ रेक्टर स्केलको भुकम्पले निम्त्याएको सुनामीले चिलीमा ५०० भन्दा बढीको ज्यान लिएको थियो, भने २२०,००० भन्दा बढी घरहरु बगाएको थियो।
चिली विश्वको निकै भुकम्प जाने देशहरु मध्येको एक हो। सन् १९६० मे २२ मा चिलीमा विश्वकै सबैभन्दा शक्तिशाली भुकम्प मापन गरिएको थियो। ९.५ रेक्टर स्केलको सो भुकम्पले ५,००० मानिसको ज्यान लिएको थियो।

