काठमाडौँको त्रिभुवन विमानस्थलमा थाई एयरको विमान दुर्घटना
बैंकक बाट काठमाडौँ आएको विमान काठमाडौँको त्रिभुवन विमानस्थलमा थाई एयरको विमान दुर्घटना भएको छ । बारुण यन्त्र द्वारा आगो नियन्त्रणमा बिमानमा रहेको सबै यात्रुहरु सकुसल रहेको प्रहरी को भनाइ । अवतरण गर्ने क्रममा आगो लागि भएको भएको छ ।काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान अवतरण गर्ने क्रममा थाई एयरको जहाजको चक्कामा आगो लागेको छ ।
बैंककबाट आएको थार्इ एयरको विमान त्रिभुवन विमानस्थलम अवतरण गर्ने क्रममा पछाडिको दायाँ चक्कामा आगो लागेर धुवाँ निस्केको हो ।
एक सय भन्दाबढी यात्रु बोकेर काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा एक्कासी चक्कामा आगो लागेको थियो ।
चक्कामा आगो लागेको थाहा पाएपछि विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई ओरालेको थियो ।
विमानस्थलका प्राविधिकले जाँच गरेर चक्कामा लागेको आगो निभाएका थिए ।
विमानस्थल स्रोतका अनुसार जहाजको चक्कामा आगो लागेपछि केहीबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।
चक्कमा लागेको आगो प्राविधिकहरुले नियन्त्रणमा लिइसकेको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
बिस्तृत जानकारी आउन बाकी
source NAYAKHABAR.COM


