बाबुरामको प्रश्नः देशभक्तको नियति काजी भीम मल्लकै जस्तो भइरहने हो त ?
३ असोज, काठमाडौं ।
संविधान जारी हुन केही घण्टा मात्र बाँकी रहँदा एमाओवादीका नेता बाबुराम भट्टराइको सचिवालयले गम्भिर प्रश्न सहितको बाबुरामको स्ट्याटस शेयर गरेको छ ।
नेपालमा ‘नेपालमा देशभक्तको नियति काजी भीम मल्लकै जस्तो भइरहने हो त ?’ शीर्षकमा राखिएको स्ट्याटसले बाबुराम संविधान जारी हुन लाग्दा पनि खुसी नरहेको र उनले उत्सव मनाउन नचाहेको स्पष्ट पारेको छ ।
बाबुरामले आफूलाई काजी भीम मल्लासँग तुलना गर्दै बाबुरामले गरेको यो प्रश्नले वर्तमान प्रक्रियामा उनलाई कुन हद सम्म हिनताबोध गराइएको छ भन्ने पनि प्रष्ट भएको छ ।
प्रचण्ड दीपावली मनाउन आग्रह गरिएको पत्रकार सम्मेलनमा बोलिरहँदा बाबुराम शनिबार पनि धुर्मुस सुन्तलीको नमूना बस्ती हेर्न काभ्रे पुगेका थिए ।
उनले त्यहाँ भने- यो संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, म यसबाट सन्तुष्ट छु । मेरो एउटै मात्र आग्रह के हो भने हाम्रा सबै क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरुलाई पनि समेटेर लानुपर्छ । उहाँहरुको पनि संविधानमा स्वामित्व भएन भने भोलि विग्रहको विऊ रोपिन सक्छ । यो बारेमा चाहिँ मैलै अझै पनि सतर्क गराउन चाहन्छु ।’
को थिए काजी भीम मल्ल ?
काजी भीम मल्ल नाताले भीम राजा लक्ष्मीनरसिंह मल्लका बहिनी ज्वाइँ थिए। तिनै भीम मल्लको ख्याति चौतर्फी भएपछि शत्रुहरूले भीम मल्लविरुद्ध राजा लक्ष्मीनरसिंह मल्लको कान फुके । ती षड्यन्त्रकारीहरूको कुरामा विश्वास गर्दै राजा लक्ष्मीनरसिंह मल्लले काजी भीम मल्ललाई आफ्नो गाथगद्दी ताकेको आरोपमा मृत्युदण्ड दिए । आफ्ना पतिले मृत्युदण्ड पाएपछि राजा लक्ष्मीनरसिंह मल्लकी बहिनी तथा भीम मल्लकी श्रीमतीले ‘नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्’ भनेर श्राप दिएका कारण अहिले पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ ।
बाबुराम भट्टराईले आफूलाई किन काजी भीम मल्लसँग तुलना गरे यो भने बुझ्न कठिन छ । संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिका सभापति भएपनि डा बाबुराम भट्टराईले संविधान जारी भएपनि आफू उत्साहित नभएको संकेत दिइरहेका छन् ।
baburam oli cartoon
असन्तुष्टसँग वार्तामा जोड दिँदै आएका बाबुरामले मधेशी र थारुहरुसँग वार्ता र सहमति गरेपछि मात्र संविधानसभाको प्रक्रिया अघि बढाउन माग गर्दै आएका थिए । तर उनलाई पेलेर अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेरै छोड्ने अडान लिएपछि बाबुराम रिसाएको बुझिन्छ ।
ओलीमाथिको ब्यङ्ग्य सहितको बाबुरामको टिप्पणी
२ दिन अघि मात्र बाबुरामले संविधान जारी गर्न हतार गरेर दीपावली गर्न तयारी गरिएपनि यो केपी ओलीलाई सत्तामा पुर्याउने हतारो बाहेक केही नभएको संकेत गर्दै ओलीमाथिको कार्टुनसहित स्टेटस लेखेका थिए


