सिराहामा मधेशी युवाले टेलिभिजन फोडे (तस्विर सहित)

३ असोज, काठमाडौं ।

नेपालका केही टेलिभिजनहरुले तराई–मधेसमा जारी आन्दोलनको समाचारलाई प्राथमिकता नदिई बंग्याएर समाचार प्रशारण गरेको भन्दै सिरहाका युवाहरुको एक समूहले आईतवार एक दर्जन टिभि फुटाएर विरोध जनाएका छन् ।


संविधान जारी भएको दिनमा खुशी हुनुपर्ने तर मधेसको मुद्दालाई सम्बोधन नगरेकोले हातमा कालोपट्टी बाँधेर सिरहा सदरमुकाममा एक दर्जन टिभि फुटाएर आगो लगाई विरोध गरेका छन् ।



सिरहाको विभिन्न चौक–चौकमा विरोध प्रर्दशन गर्दै घरको छानामा कालोझण्डा राखी विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस