News
»
दशगजामा दिनभर तनाव, बिरगंजबाट इन्धन ढुंवानी ठप्प
दशगजामा दिनभर तनाव, बिरगंजबाट इन्धन ढुंवानी ठप्प
२०७२- भारतबाट आपूर्ति ठप्प पार्ने उद्देश्यले सीमावर्ती वीरगन्ज र रक्सौलबीचको दशगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनरत मधेसी
मोर्चाका कार्यकर्तालाई सुरक्षाकर्मीले हटाउने प्रयास गर्दा दोहोरो झडप भएको छ । भन्सार नाकामा भएको तनावले भारतबाट इन्धन ढुवानी ठप्प हुन पुगेको छ । आन्दोलनकारीलाई हटाउने प्रयास गरेपछि झड्प भएको थियो । आन्दोलनकारीले ढुंगा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले ५ राउण्ड आश्रुग्याँस र १ राउण्ड हवाई फायर गरेको थियो । मितेरी पुलको नेपालीपट्टीको भाग सुरक्षाकर्मीले खाली गराएपछि आन्दोलनकारी पारीपट्टी भारतको भागमा गएका थिए । स्थिति शान्त भएपछि सुरक्षाकर्मीले शान्तीपूर्वक फर्किन आग्रह गरेपनि आन्दोलनकारी फिर्ता आउन मानेन् । स्थिति तनावग्रस्त भएपछि पारिपट्टि ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी तैनाथ भएका छन् । नेपाली सुरक्षाकर्मीले प्रहार गरेको आश्रुग्यासको टोटा आफ्नो भूमिसम्म आए/नआएको भन्दै फित्ताले भारतीय सुरक्षाकर्मीले नापेका थिए । दिउँसो केही बेर शान्त रहेके उक्त क्षेत्र साँझ करिब साढे ५ बजेदेखि फेरि तनावग्रस्त बनेको थियो । ढुंगा लागि ५ प्रहरीसहित दर्जन भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । वातावरण सहज बनाउन राष्ट्रिय मानवअधिकार आयोगको टोलीले पहल गरेपनि त्यो सफल हुन सकेन् ।