संविधान पारित भएपछि मोदीले विशेष दुत काठमाडौं पठाउँदै
३१ भदौ, काठमाडौं ।
नेपालमा संविधानसभाले संविधान पारित गरेपछि भारतले विशेष दुत नेपाल पठाउने भएको छ ।
भारतको सल्लाह विपरित संविधानसभाको प्रक्रिया अघी बढाइएको चर्चा चलिरहेको समयमा नरेन्द्र मोदीका विशेष दुत नेपाल आउन लागेका हुन् ।
भारत सरकारको विशेष दुतकोरुपमा विदेश सचिव एस जयशंकर भोलि काठमाडौं आउने छन् ।
उनले प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रपति रामबरण यादव देखि मुख्य नेताहरुसँग भेटवार्ता गर्ने तय भैसकेको छ ।

