पुरुषको स्वतन्त्रता इर्श्यालाग्दो हुन्छ – शोभा त्रिपाठी

शोभा त्रिपाठी तीज गीतकी चर्चित गायिका हुन्। लोकगीतका टेलिभिजन कार्यक्रम सञ्चालिकाका रूपमा पनि उनको राम्रो परिचय छ। उनले यसपल्ट ‘ठोक मादल’ तीजे भाका बजारमा ल्याएकी छिन्। उनीसँग गरिएको पुरुष संवाद –


पुरुषको कुन अंगमा पुगेर आँखा अडिन्छ ?
उनीहरूको शरीरमा प्रायः मेरो नजर परेको हुन्छ । ‘एक्सरसाइज’ गरेर ‘फिट’ बनाएको बडी हेरिरहूँ जस्तो लाग्छ ।

तपाईंको नजरमा कस्तो पुरुष सुन्दर हो ?
गठिलो शरीर भएको र शरीरअनुसार अनुहार मिलेको मान्छे सुन्दर लाग्छ ।

कस्तो पहिरनमा पुरुष आकर्षक लाग्छन् ?
सर्ट-टिसर्ट–प्यान्टमा केटाहरू सुन्दर देखिन्छन्। तर, हिपहप खालको पहिरन लगाएको भने फिटिक्कै मन पर्दैन मलाई ।

सुन्दर पुरुष भन्नेबित्तिकै कसको अनुहार दिमागमा आउँछ ?
अभिनेता श्रीकृष्ण श्रेष्ठको । उनी ‘पर्फेक्ट’ पुरुष थिए ।

भेट्न मन लागेको पुरुष कुन हो ?
भारतीय अभिनेता अजय देवगन मलाई निकै मन पर्छन् । उनको अभिनय क्षमताबाट प्रभावित भएकाले उनलाई भेट्न पाए भन्ने लाग्छ ।

कुन गायकको तपाईं ठूलो प्रशंसक हो ?
भारतीय गायक जगजित सिंह । उहाँका गजल निकै सुमधुर लाग्छन् ।

पुरुषको कुन कुरादेखि ईष्र्या लाग्छ ?
नेपाली समाजमा पुरुषको स्वतन्त्रता देखेर साह्रै ईष्र्या लाग्छ । जुन समयमा जहाँ गए पनि पुरुषहरूको न कुरा काटिन्छ, न चियोचर्चा हुन्छ ।

बुबापछि तपाईंलाई साह्रै प्रभाव पार्ने पुरुष को हो ?
मेरो ब्वाइफ्रेन्ड ।

कस्ता केटाले तपाईंलाई चाँडै प्रभावित पार्छन् ?
महिलालाई सम्मान गरेर बोल्ने केटाहरू मलाई असल लाग्छन् । उनीहरूसँग चाँडो प्रभावित हुन्छु ।

पुरुषको कुन बानी मन पर्छ ?
महिलाभन्दा बढी सहयोगी हुन्छन् । कसैलाई केही पर्दा चाँडो अघि सर्छन् । यो बानी पुरुषको राम्रो हुन्छ ।

धेरै पुरुषमा हुने कुन बानी मन पर्दैन ?
केटी देख्नेबित्तिकै हेर्ने तरिका मन पर्दैन । प्रायः गलत नियतले केटीहरूको तलदेखि माथिसम्म नियाल्छन् जस्तो लाग्छ ।

केटाहरूले के गरेको मन पर्दैन ?
लामो कपाल पालेर कलर गरेको फिटिक्कै मन पर्दैन ।

केटी फ्यान बढी छन् कि केटा ?
केटाहरू नै बढी छन् ।

प्रतिक्रिया दिनुहोस