इराकमा फेरी १२ नेपाली हत्या

वैदेशिक रोजगारीका लागि इराक गएका १२ नेपालीको हत्या भएको आज ९ वर्ष पुगेको छ ।



इराकमा नेपाली युवाको हत्या भएपछि नेपालमा भड्किएको हिंसामा करोडौंको नोक्सानी हुने गरी म्यानपावर कम्पनीमा तोडफोड भए । त्यो घट्नालाई लिएर बैदेशिक रोजगार व्यवसायीले भदौ १६ लाई कालो दिनको रुपमा स्मरण गर्दै आएका थिए । तर, यो वर्ष व्यवसायीले कुनै कार्यक्रम गरेनन् ।

२०६१ साल भदौ १५ गते बैदेशिक रोजगारीका लागि इराक गएका १२ नेपालीको हत्या भयो । जोर्डन हुदै इराक पुगेका ती नेपाली युवालाई त्यहाँ चरमपंथी समूहले भदौ १२ गते अपहरण गरेको थियो । इराकमा नेपालीको हत्या भएपछि भदौ १६ गते नेपालमा भड्किएको हिंसामा धेरै म्यानपावर कम्पनीमा तोडफोड भयो । म्यान पावर कम्पनीको गल्तिले नेपालीले ज्यान गुमाएको त्यसबेला भिडको आरोप थियो । क्षतिको वारेमा सत्यतथ्य छानविनका लागि सर्वाेच्च अदालतका पूर्वन्यायाधिस टोपबहादुर सिंहको नेतृत्वमा छानविन समिति नै गठन भयो । तर, पूर्वन्यायाधिसको नेतृत्वमा वनेको समितिको प्रतिवदेन अहिलेसम्म सार्वजनिक भएको छैन । बैदेशिक रोजगार व्यवसायी अहिले पनि प्रतिवदेन सार्वजनिक गर्न माग गरिहेका छन् ।

बैदेशिक रोजगार व्यवसायी संघले इराक घट्नामा करिब २ सय १५ म्यानपावर कम्पनीमा क्षति पुगेको र करिब ७५ करोड रुपैया नोक्सान भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । यती ठुलो नोक्सान पुगेको भन्दै व्यवसायीले भदौ १६ लाई म्यानपावर कम्पनी वन्द गरी कालो दिनका रुपमा स्मरण गदै आएका थिए । तर, यो वर्ष कुनै पनि कार्यक्रम भएनन ।

इराकमा १२ जना नेपालीको हत्याभएपछि तात्कालिन सरकारले इराकमा नेपाली कामदार जान रोक लगाउनु वाहेक अरु केही गर्न सकेन । ठूलो संख्यामा नेपाली पुग्ने गरेका देशमा पनि अनेक समस्या देखिएको गुनासो आउने गरेका छन् । तर वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनेतिर सरकारको ध्यान गएको छैन । यस्ता घट्ना फेरि पनि नहोला भन्न सकिन्न । त्यसैले विगतबाट पनि सवैले पाठ सिक्ने हो की ?

प्रतिक्रिया दिनुहोस