चिनियाँ नाका खुलाउन एकीकृत माओवादी र एमालेको टोली परिचालन
१४ असोज, काठमाडौं।
भारतीय नाकावन्दी पछि चिनियाँ नाका खुलाउने पहल शुरु भएको छ । चिनको तातोपानी नाका खुलाउने पहलस्वरुप एकीकृत माओवादी र नेकपा एमालेले टोली परिचालन गरेको छ ।
एकीकृत माओवादीले नेता एवं सांसद अग्नि सापकोटाको नेतृत्वमा तातोपानी नाकाको अवलोकनका लागि टोली परिचालन गरेको छ । एकीकृत माओवादीले सापकोटाको नेतृत्वमा जिल्ला पार्टी इन्चार्ज, पार्टी पदाधिकारी र विद्यार्थीलाई तातो पानी खटाएको हो ।
आफूहरुले तातोपानी नाकाको अध्ययन अवलोकन र निरिक्षण गर्ने र चिँनिया पदाधिकारीलाई भेटेर तत्काल नाका खुलाउन सहयोग गर्ने नेता सापकोटाले बताए । निरिक्षण गरेर फर्के पछि काठमाण्डौ आएर सरकार र सम्बन्धित निकायलाई जानकारी गराउने सापकोटाले बताए ।
यस्तै नेकपा एमालेले पनि आफ्नो विद्यार्थी संगठनलाई अबरुद्ध तातोपानी नाका खुलाउन त्यसतर्फ पठाएको छ । एमाले स्थाइ कमिटी सदस्य शंकर पोखरेलले साबेल, गल, गैची सहितका औजार सहित बिहान टोलीलाई बिदाइ गरे । आफूहरु अबरुद्ध नाका खुलाउनका लागि केही दिन लिपिङ आसपास रहने अनेरास्ववियुका प्रबक्ता आरसि लामिछाने जानकारी दिए । आफूहरुको अभियानले सरकारको आँखा खोल्ने र चाडबाडको मुखमा आम नागरिकले राहतको अनुभव गर्ने लामिछानेले बताए ।