आङकाजीको टिप्पणी- ओलीको योग्यता गाविस अध्यक्ष हुने पनि छैन
१२ असोज, काठमाडौं ।
विवादास्पद अभिब्यक्ति दिइरहने जनजाति अभियान्ता आङकाजी शेर्पाले केपी ओलीको योग्यता गाविस अध्यक्ष बन्ने पनि नरहेको टिप्पणी गरेका छन् ।
गाविस अध्यक्ष बन्ने योग्यता नभएका ओलीले प्रधानमन्त्री बन्न दिल्लीलाई विन्ती पत्र चढाएको आरोप पनि लगाएका छन् ।
फेसबुक पोष्टकै कारण जेल परेर निस्किएका आङकाजीले फेसबुकबाट यस्तो टिप्पणी गरेका हुन् ।
गृहमन्त्री बामदेवलाई मृत्यु दण्ड दिने आङकाजीको घोषणा !
केही दिन अघि मात्र भारतसँग कुनै हालतमा नझुक्ने र नेपाली नेता भारतको ‘एस म्यान’ बन्न नसक्ने भनेका प्रचण्डमाथि आङकाजीले विभिन्न आरोप लगाएका थिए ।

