काठमाडौंमै भारतको यस्तो प्रहार, भारतीय बुट नेपालको छातीमा
aa
बुधबार, ६ असोज
काठमाडौं । लामो समयसम्म भारतको यस्तो गतिविधिबाट आजित भएका आम जनता अब भने भारतका सबै कर्तुतका विरुद्ध उत्रन थालेका छन् ।
नेपाली सोझा जनतालाई विभिन्न प्रलोभनमा पार्दै आएको भारतका कर्तुतका विरुद्धमा नेपाली जनता एकजुट हुन थालेका हुन् ।
नेपालको कुनै पनि शैक्षिक संस्थासँग आवद्धता नलिई भारतले चोभारमा १०० रोपनी सरकारी जग्गा कब्जामा लिएर भारत सरकारले मोर्डन इण्डियन नामक विद्यालय सञ्चालन गरिरहेको छ ।
यो विद्यालयले न त नेपाल सरकारको नियम कानुन नै मान्दछ, न त, नेपालमा दर्ता नै भएको छ । यो विद्यालयका नाममा दैनिक दर्जनौं गाडीहरु सडक जाम पार्दै दौडिरहेका छन् ।
तर, न तिनले नेपाल सरकारलाई कर तिर्छन्, न सरकारलाई कती संख्यामा यस्ता बसहरु छन् भन्ने यकीन डाटा नै उपलब्ध गराएको छ ।
खाली सडक जाम गराउन सहयोग मात्र गरेका छ । कतीपयले त भारतीय बुटले नेपालको छातीमा हानीरहँदा सित्तैमा सहेको भन्दै यसको आलोचना गर्दै आएका छन् ।
सरकारी बन क्षेत्रको जग्गा हडपेर चलाइएको यो विद्यालयले नेपालका उच्च तहका कर्मचारीहरुका छोराछोरी सित्तैमा पढाइदिन्छ र यसको विरोध हुँदैन ।
अझ यो विद्यालयमा हाम्रो देशको राजधानी दिल्ली हो, राष्ट्रिय जनावर बाघ लगायतका विषयहरु, जुन भारतीय पाठ्यक्रम छन्, त्यही पढाइन्छ । यो विद्यालय सन् १९७८ मा भारतीय कुटनीतिक नियोगका कर्मचारीका छोराछोरी पढाउनकालागि खोलिएको हो । प्राथमिक तह सम्मकालागि भनेर खोलीएको यो विद्यालयले अहिले विना स्विकृति कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको छ ।
भारतीय शिक्षा बोर्ड मातहत सञ्चालीत यो विद्यालय नेपालको कानुन अनुसार गैर कानुनी हो । नेपाललाई नयाँ संविधानमा यो राख र उ राख भनेर सिकाउने भारतले गैर कानुनी रुपमा खोलेको यो विद्यालयका बारेमा के जवाफ दिन्छ ?
www.nepalsandesh.com