चिनियाँ राजदुतलाई बोलाएर प्रचण्डले भने- नाका खोल्न सहयोग गर्नुस्

११ असोज, काठमाडौं ।

पार्टीले भारतले लगाएको नाकबन्दीको डटेर सामाना गर्ने र चीनको सहयोग लिने निर्णय गरेको एक दिनपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राजदुतसँग छलफल गरेका छन् ।

आफ्नै निवासमा बोलाएर चिनियाँ राजदुतवु चिन्ताईलाई प्रचण्डले चीनतर्फको नाका खोलेर सहयोग गर्न विशेष आग्रह गरेका थिए ।




भारतीय ब्यवहारका कारण नेपालीहरुले दुःख पाइरहेको जानकारी गराउँदै प्रचण्डले चीनले नाका खोल्न विशेष प्राथमिकता दिनु परने र चाडपर्वको मुखमा सहयोग गर्न विशेष आग्रह गरेका थिए ।

राज्यलाई असफल पार्ने ढंगले राजनीतिक आन्दोलनको आडामा भारतीय पक्षाबाट अघोषित नाकाबन्दी गरिएको भन्दै प्रचण्डले चीनले सहयोग गरेमा नेपालीहरु कृतज्ञ हुने बताएका थिए ।

मधेश आन्दोलनले पैदा गरेको समस्या सुल्झाउन आफूहरु लागि परेको बताउँदै प्रचण्डले समस्या छिट्टै समााधान हुने विश्वास चिनियाँ राजदुतलाई दिलाएका थिए ।

चिनियाँ राजदुत चिन्ताइले पनि नेपालले खेपिरहेको समस्या समाधानका लागि चीन प्रतिबद्ध रहेको र दशैं अघि नै सबै चिनियाँ नाका सुचारु गर्ने गरी पहल भैरहेको जानकारी गराएको लाजिम्पाट श्रोतले बताएको छ ।

हिँजो मात्र माओवादीको केन्द्रिय समिति बैठकले भारतले लगाएको अघोषित नाकाबन्दीको डटेर सामाना गर्ने र चीनसँग सहयोग लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस