यौनसम्पर्क गर्न नदिएपछि युवतीको हत्या
सामाजिक सञ्जालमार्फत चिनिएका साथीहरूलाई तपाईं कति विश्वासमा गर्नुहुन्छ? उनीहरूका मीठा कुरामा मख्ख परेर विश्वास गर्दा ठूलो धोका हुन सक्छ । तपाईंको विश्वासको फाइदा उठाउँदै कतिपयले मन र धन मात्रै होइन ज्यानै लिन सक्छन् ।
नेपालमा भूकम्पले लाखौँ नेपालीको बिचल्ली भएको सुनेर राहत दिन आएकी २५ वर्षीया अमेरिकी युवती डालिय याहियाले सामाजिक सञ्जालमा चिनिएको युवकलाई धेरै विश्वास गर्दा ज्यान गएको छ । विश्वभरका मानिसबीच मित्रता फैलाउने उद्देश्यलार्य बनाइएको ‘काउच सर्फिङ’ सामाजिक सञ्जालमा चिनिएका पुरूषको भर पर्दा डालियाले ज्यान गुमाएकी हुन् ।
गोरखाको भूकम्प पीडितलाई राहत दिएर काउच सर्फिङमा आबद्ध कास्कीको धिताल ३ का ३२ वर्षीय नारायणप्रसाद पौडेलले डालियालाई पोखरा १ सिम्पानीस्थित डेरामा लगेर गत साउन २२ गते राति हत्या गरेका हुन् । काउच सर्फिङ मार्फत परिचित पौडेललाई भेट्न डालिया साउन १९ गते पोखरा आइपुगेकी थिइन् । पौडेलसँगै पोखराको विभिन्न स्थानमा घुमफिर गरी तीन रात एउटै कोठमा बसेकी उनलाई चौँथो दिन साउन २२ गते मध्यराति पौडेलल घन र गजवारले टाउकोमा हानेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । ‘धेरै नै पैसा होला भनेर हत्या गरेको बयान दिएको छ, कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले भने,‘के कारणले हत्या गरेको हो, त्यसबारे अनुसन्धान भइरहेको छ ।
धितालस्थित कैलाख टेन्सु प्राविका शिक्षक पौडेल र डालिया साउन २२ गते शुक्रबार दिनभर लेकसाइडमा घुमफिर गरेर कोठमा फर्केका थिए । अभियुक्त पौडेलले पैसाका लागि हत्या गरेको बयान दिएपनि अनुसन्धान टोलीले राति सुत्ने क्रममा डालियासँग यौन सम्पर्क राख्न खोजेको अस्वीकार गर्दा रिसको झोंकमा हत्या गरेको हुनसक्ने अनुमान गरेको छ । ‘पैसाका लागि हत्या गरेको भने पनि डालियासँग लाखौँ रूपैयाँ थिएन । जम्मा पाँच हजार रूपैया मात्रै रहेछ’, प्रहरी स्रोतले भन्यो, राति डेरामा एउटै कोठामा सँगै सुत्दा पौडेल उत्तेजित भएर करणी गर्न खोज्दा नमानेपछि आक्रोशित भएर मारेको हुनसक्छ ।source hamropati.com
