भैरहवा मधेसी नेताहरुको पुत्ला जल्यो, ‘भारतीय एजेन्ट’ भएको भन्दै देशनिकाला गरिने चेतावनी

भैरहवा, ११ असोज । रुपन्देही सदरमुकाम भैरहवामा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन
गरिएको छ । भारतीय प्रधानमन्त्रीसंगै संयुक्त मधेसी
मोर्चाका शीर्ष नेताहरुको पनि नेपाल–भारत
सीमावर्ती शहर भैरहवामा पुत्ला दहन गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको


सार्वभौमिकता र स्वतन्त्रतामाथि धावा बोल्ने
ध्ययेले अमेरिकामा वक्तब्यबाजी गरेको, महामानव
बुद्धको विषयमा गलत प्रचार गरेको तथा नेपालमा
अघोषित रुपमा नाकाबन्दी गरेकोप्रति खेद जनाउँदैं
महामानव बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धार
भैरहवाका युवा विद्यार्थीले पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहनमा सहभागी सयौं विद्यार्थिले भारतीय
प्रधानमन्त्री मोदी विरुद्ध चर्का नाराबाजी समेत
गरेका थिए । युवा विद्यार्थीले मोदी संगै मधेसी
मोर्चाका नेताहरुको पनि पुत्ला दहन गरेका छन् ।
मधेसी मोर्चाका नेताहरु नेपालमा बसेर नेपालविरुद्ध
काम गर्ने भारतीय ‘एजेन्ट’ भएको युवा
विद्यार्थीका आरोप छ ।
युवा विद्यार्थीले मोर्चाका नेताहरुले राष्ट्रिय
अखण्डतामा आँच पुराएको, मुलुकलाई नाकाबन्दी गरेर
भारत सामु लम्पसार परेको, तराई मधेसका सोझा
साझा जनतालाई भड्काएर घर न घाटको बनाईरहेको,
भारतीय ईशारामा मुलुकको स्वाधिनता र
स्वतन्त्रतामाथि धावा बोल्ने काम गरेको भन्दै
मधेसी नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र
राय यादवको पुत्ला दहन गरेको अनेरास्वीयु रुपन्देही
जिल्ला कमिटी सदस्य तथा त्रिवी भैरहवा बहुमुखी
क्याम्पस कमिटी अध्यक्ष शसी पन्थीले जनाए ।
सयौं युवा विद्यार्थी सहभागी विरोध र्यालीले
मधेसी मोर्चाका नेताहरु राष्ट्रका गद्धार नेता
भएको, मधेसको नाममा सामन्तीवाद लाद्न मधेस
आन्दोलन उठाएको, सदियौदेखी तराई मधेसमा कायम
सामाजिक सद्भावलाई विथोलिरहेको आरोप
लगाउदैं मोर्चाका नेताहरुविरुद्ध चर्का नाराबाजी
समेत गरेका थिए ।
युवा विद्यार्थीहरुले आन्दोलनको नाममा जनतालाई
नाकाबन्दी गरेर राष्ट्रबादी बन्न नसक्ने जनाउदैं
मधेसी नेताहरुले अझै आन्दोलन जारी राखे शसक्त
प्रतिकार गर्दै उनीहरुलाई खेद्ने, मुलुकको स्वाधीनता र
स्वतन्त्रताविरुद्ध लाग्नेलाई देश निकाला गर्ने समेत
पुत्ला दहनमा सहभागी नेपाल विद्यार्थी संगठनका
नेता प्रदीपकुमार थापाले जनाए । यसअघि बन्दबाट
आजित भैरहवाका जनताले सुनौली नाकामा मधेसी
मोर्चाको बन्दको प्रतिकार गरेका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्रतिक्रिया दिनुहोस