कोरियामा रहेका नेपाली युवाको हुंकार- त्यति कमजोर पनि नसोँच नेपालीलाई
विकाश श्रेष्ठ कोरिया ।
७ असोज, सोल ।
नेपालको दक्षिण छिमेकी भारतको पछिल्ला कदमप्रति फेसवुक, ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा उस विरुद्ध नेपाली प्रयोगकर्ताले आक्रोश पोखिरहेका छन् । केही सञ्चार माध्यमहरुले नेपाल माथि भारतले नाकाबन्दी गर्दैछ भन्ने खबर सार्वजानिक भएपछि हिजो भारत विरुद्ध प्रयोगकर्ताहरुको आक्रोश झनै देखियो ।
भारतको दादागिरी विरुद्ध ट्वीटरमा विद्रोह, एक नम्बर बन्यो #BackOffIndia
नेपाली ट्वीटर र फेसबुक प्रयोगकर्ताले आफ्नो स्टाट्स र वाल पोष्टमा ब्याक अफ इण्डिया अर्थात पछाडि हट भारत जस्ता भारत विरोधी प्रचार सामाग्री राखेका थिए । भारतले असोज तीन गते जारी ऐतिहासिक संविधान र सिमाना जोडिएका तराईका केही भुभागमा भइरहेका आन्दोलनका बारेमा ब्यक्त गरेको टिप्पणीलाई लिएर नेपालमा भारतविरुद्ध आक्रोश बढिरहेको छ । नेपालका राजनीतिक दलका केही नेताहरुले पनि भारतको पछिल्लो कदमप्रति खुलेरै विरोध गरिरहेका छन् ।
Korea Nepali 1फाइल तस्विर
भारतसँग कुनै हालतमा झुक्दैनौं – प्रचण्ड
यसैबीच कोरियामा क्रियाशिल राजनीतिक दलका भातृ संगठनहरुले गहिरो चासो ब्यक्त गरेका छन् । नेपालमा जारी ऐतिहासिक संविधानको सर्वत्र स्वागत भइरहँदा नेपालको हितैषी भनिने छिमेकी मुलुकले घुमाउरो पारामा अस्वीकार गर्दै एक पछि अर्को कदम चाल्नुलाई भातृ संगठनहरुले छिमेकीको हेपाहा प्रवृत्तिको पराकाष्ठा भनेका छन् ।
भातृसंगठनका नेताको प्रतिक्रिया
नवराज सिवाकोटी
सभापतिः जनसम्पर्क समिति ( नेपाली कांग्रेस)
दक्षिण कोरिया
हामि सबै मिलेर देश लाई सेतो कोइलामा आत्मनिर्भर बनाउन सके कालो कोइलाको जरुरत नै पर्दैन अनि दक्षिणको धम्कि हामीले सुन्ने हैन हामीले दक्षिणलाई धम्की दिने दिन आउँछ । बरु नाकाबन्दीनै गरोस् केहि छैन। कम्सेकम मुस्तांग को थाक खोलाको नुन त प्रसोधन गरेर खाने बानी पार्न सकिन्छ । मुस्तांगको स्याउ अब कुहिएर जाने छैन, पर्बतको सुन्तला अब बोटमै सुक्नु पर्दैन, चितवनको उखु र स्यांजाको लप्सिले फस्टाउने र मौलाउने अवसर पाउने छ । मेरो प्यारो भुमीको कन्दमुल जडिबुटि खायर बाँच्न सक्ने हिम्मत र तागत छ । नाका बन्द गरेर, धेरै घुर्की र धम्किले आम नेपालिहरु डराउदैनन् र झुक्दैनन् । बिगतको इतिहास लाई फर्केर हेर देशको लागि खालि पैतलाले आगो टेकेर छातिमा गोलि थाप्ने बिर गोर्खालिहरु यहि छन । हामि मरेका छैनौ ज्युदै छौ । बिन्ति तिमिले नेपालको बिषयमा सम्बोधन नगरेकै राम्रो । बरु आफ्नै भारतमा भोकमरीले पिल्सीएकालाई सहयोग गर । पुगेन भने म मेरो हिमाल बाट स्याऊ टिपेर पठाई दिउँला, पहाड बाट कोदो र तराई बाट धान पठाई दिउँला । त्यति धेरै कमजोर पनि नसोच नेपालीलाई । तिमिसंग त सिमाना मात्र जोडीयको हो तराइको । नेपाल संग त मन र आत्मा जोडिएको छ ।
नेपालको संविधानमा भारतले चाहेको खतरनाक बुँदा !
गोविन्द गाउँले
अध्यक्षः प्रवासी नेपाली मञ्च ( नेकपा एमाले )
दक्षिण कोरिया
सार्बभौम संबिधान सभा बाट बहुसँख्यक नेपाली जनताको चाहना बमोजिम आएको संबिधानलाइ बेवास्ता गरेर भारतले दुइ देश बिचको असल मित्रतामा हानी पुर्याउने काम गरेको छ । उसले असल छिमेकी भन्दा पनि आफ्नो बिस्तारबादी र हैकमबादी चरित्र देखाएको छ । यस कुराको हाम्रो सङगठन घोर बिरोध गर्दै नेपाललाइ स्वाधिन राष्ट्रको रुपमा ब्यबहार गर्न भारतको सत्तासिन नेतृत्वलाइ सचेत गराउन चाहन्छौ ।
साथै देश भित्र नेपाली नेता र जनतामा एक अभुतपुर्ब देशभक्तीको भाबना कायम भएको यो अबस्थामा हाम्रो अगाडी संसारको कुनै पनि शक्तीले घुडा टेक्ने बिश्वास ब्यक्त गर्दछौ । नेपालको संबिधान एक अग्रगामी संबिधान भएको र अब देशमा आर्थिक क्रान्तिको लहर आउने भएकोले अन्र्तराष्ट्रिय हैकमबादीहरु तिल्मिलाएको हाम्रो ठम्याइ छ । यस्तो बेलामा स्वदेश तथा प्रबासमा बस्ने सबै नेपालिलाइ राष्ट्रिय एकताको लागी एक ढिक्का हुन अनुरोध गर्दछौ ।
सागर न्यौपाने
अध्यक्षः जन अधिकार मञ्च ( एनेकपा माआवादी)
दक्षिण कोरिया
भारतिय बिस्तार वादको नेपालमा धेरै पहिला देखि बिरोध हुँदै आएको छ । किनकी उसको नीति नै छिमेकी देशमा गिद्धे दृस्टी लगाउने, जबर्जस्ति आफ्नो कुराहरु लागू गराउन खोज्ने प्रवृत्ति, हैकम जमाउन खोज्ने, सिमा मिच्ने र भुपरिबेष्ठित राष्ट्रहरुले पाउने सुबिधा बन्चित गरि अन्तर्राष्ट्रिय कानुनको समेत खिल्ली उडाउने काम गरिरहेकोले यी आरोप मात्रै होइन सत्य हुन्न भन्न सकिन्छ। भारतिय पछिल्लो रबैया एकदम घातक छ यो उसको लागि पनि र हाम्रो लागि पनि किनकी भारतिय शासकले नाकाबन्दी लगाउदा तेहाका जनताको आय आर्जनमा नोक्सानी हुन्छ । भारतीय सामानको बजार नेपाल पनि भयकोले हामीलाइ फाइदा आत्मनिर्भर हुन मद्दत पुग्छ भलै केही समय दुख होला। आसा गरौ भारतीय शासकको पछिल्लो कदम सुधारियोस ।मदेशको मामला हाम्रो आन्तरिक हो हामी त्यहाँका जनताका जायज माग सम्बोधन गर्न तयार हुनुपर्छ । नाजायज माग पहिचान गरि जनतामा परेको भ्रम चिर्नु पर्छ। भारत आफै भित्र थुप्रै समस्याहरु छन जस्तै गोर्खाल्यान्डको अलग राज्यको माग उ सुनिरहेको छैन। हजारौंको सङ्ख्यामा मानिस हताहत हुदा पनि सैनिक शासन लगाएर दबाएको छ । भारतले असल छिमेकीको भुमिकामा आफुलाइ उभ्याउनु पर्छ जसरी चीन असल छिमेकी बनेको छ। यदि उसले नाकाबन्दी लगाउँछ भने हामी डटेर सामना गर्न तयार हुनु पर्छ।