आफ्ना माग पुरा नभए सम्म संविधानसभामा नफर्किने गच्छदार मोर्चाको निर्णय

१ असोज, काठमाडौं ।

मधेशी जनाधिकार फोरम लोकतन्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको मोर्चाले आफ्ना माग पुरा नभए सम्म संविधान सभामा नफर्किने निर्णय गरेको छ । आज मुख्य तीन दलसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि गच्छदारको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।


यस अघि गच्छदारको मोर्चासँग हिँजो नै सहमति हुने चर्चा थियो । तर राति हस्ताक्षर हुने भनिएको सहमतिमा गच्छदारले हस्ताक्षर गरेका थिएनन् ।


शुक्रबार दिउसो पनि बालुवाटारमा संविधानमा संघीयताको सीमांकनबारे उल्लेख गर्ने भाषामा विवाद भएपछि सम्झौता नभइ गच्छदारको टोली फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस