संविधान जारी हुने समयलाई लिएर ज्योतिषीको यस्तो सनसनीपूर्ण खुलासा ! भने- यस कारण कुनै पनि हालतमा ५ बजे संविधान जारी नगर्नु !
नेपालको नयाँ संविधान असोज ३ गते अपरान्ह ५ बजे जारी गर्ने तयारी गरिएको छ । करिब ८ वर्षको रस्साकस्सीपछि नेपाल र नेपाली जनताले नयाँ संविधान पाउँदैछन् ।
दलहरुले नेपाली जनताको लामो प्रतिक्षाको घडी तोड्दै संविधानसभाबाट नयाँ संविधान पारित गरिसकेका छन् । पारित भइसकेको संविधानलार्इ औपचारिकरुपमा लागू हुन अब २४ घन्टा बाँकी छ ।
यो अवस्थामा ज्योतिष शास्त्रले असोज ३ गते अपरान्ह ५ बजे संविधान जारी गरिने समयलार्इ उपयुक्त मानेको छैन ।
आइतबार अपरान्ह ५ बजे गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको घोषणा गर्न निर्धारित समय उपयुक्त नभएकाले त्यसमा हेरफे गरिनु जरुरी छ ।
यसकारण उयुक्त छैन ५ बजेको समय :
१) नेपालको आकाशमा देखिने ग्रहस्थिति जसलाई ज्योतिषीय भाषामा लग्नकुण्डली भनिन्छ । त्यसका १२ वटा स्थानहरूमध्ये पहिलो स्थान र छैठौं स्थानका अधिपतिबीच आपसमा विमति राख्ने ग्रहहरूको युति, कारक ग्रह– शनि, चन्द्र
२) पहिलो र दशौं स्थानका अधिपतिका बीच विमति र आपसी दृष्टि सम्बन्धले देशमा विवाद र असहमति चलिरहने, जसले गर्दा समस्याको निकास, देशको विकास र शान्ति टाढा रहने । योगकारक– मङ्गल, शनि ग्रह
३) चौथो र नवम स्थानको अधिपति छैठौं स्थानमा, छैठौं स्थानको अधिपति क्रुरग्रहसँग नीचो बनेर रहेको, त्यस स्थानको अधिपतिको पनि पहिलो स्थानमाथि दृष्टि परेको, यी आदि कारणले गर्दा जनताले पाउने दीर्घकालीन सुख र देशको चौतर्फी विकास र कार्यसिद्धिमा बाधा पर्ने । योगकारक– शुक्र, चन्द्र र मङ्गल ग्रह।
४) नैसर्गिक राज्य र राज्येशकारक ग्रह निष्क्रिय स्थानमा रहनाले देशले स्वाभिमान राख्न, दीगो विकास गर्न र स्थायित्व पाउन कठिन पर्ने । कारक– सूर्यग्रह ।
५) ग्रहकै दृष्टिले हेर्दा शनि, मङ्गल र सूर्य प्रबल छन् । तर ती धीरता र स्थिरताप्रद छैनन्, बरु अस्थिरता निम्त्याउने खालका, अमानवीय व्यवहार र आक्रोशका कारक देखिन्छन् ।
६) लग्न, नवांश र होरामा क्रूरग्रह परेको र बारबेला समेत र अशुभ परेको छ । कारक–लग्नमा कुम्भ, होरामा शनि, बारबेलामा उद्वेग ।
समग्रमा उक्त समयमा नेपाली आकाशमा बहुसंख्यक ग्रह देश र जनताका लागि शुभप्रद देखिँदैनन् । त्यस विपरीत विवाद, विभाजन र अशान्तिमा घिउ थप्ने काम यिनबाट हुन सक्नेछ ।
अतः असोज ३ गते अपरान्ह ५ बजेको सट्टा दिउँसो १ बजेर ३५ देखि १ बजेर ४०मिनेटको बीचमा संविधान घोषणाको कार्यक्रम गर्दा तुलनात्मकरूपमा बढी उपयुक्त हुने देखिन्छ ।

