आफूविरुद्धका गतिविधि बन्द गर्न भारतलार्इ चीनको चेतावनी !
एजेन्सी : चीनले आफूविरुद्ध भइरहेका गतिविधि बन्द गर्न भारतलार्इ चेतावनी दिएको छ ।
चिनियाँ सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार चीन सरकाले दुर्इ देशबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै आफ्ना विरोधीहरुसँग उठबस नगर्न भारतलार्इ चेतावनी दिइएको हो ।
चीनको यो कडा टिप्पणी भारत मालाबार नौ सैन्य अभ्यासमार्फत जापानसँग जोडिएको पृष्ठभूमिमा आएको हो ।
चिनियाँ सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ मा बुधबार प्रकाशित एक लेखमा भनिएको छ 'चीन भारत सम्बन्ध धरै राम्रो अवस्थामा छ । यसकारण स्वस्थ सम्बन्ध दुबै देशका लागि लाभदायक हुनेछ । भारतलार्इ चीन विरोधी खेममा लैजाने प्रयासबारे उसले सतर्क रहन जरुरी छ ।'
पत्रिकामा भारत-चीन संयुक्त अभ्यास र मालाबार अभ्यासबारे उल्लेख गरिएको छ । मालाबार अभ्यासमा भारत, अमेरिका र जापानको नौ सैनिकले भाग लिएका छन् ।
आइतबारमात्रै चीनको युन्नान प्रान्तको कुनमिङ्ग शहमा १० दिने भारत-चीन आतंकवाद निरोधक संयुक्त सैन्य अभ्यास शुरु भएको छ। 'ह्यान्ड इन ह्यान्ड २०१५' यस अभ्यासको उपनाम रहेको छ ।
‘कनकरेन्ट इन्डिया ड्रिल्स स्पार्क नेसेसरी स्प्याक्युलेसन’ शीषर्कको उक्त लेखमा चीन-भारतले सैन्य अभ्यास थालेको अघिल्लो दिन बंगालको खाडीमा भारत, अमेरिका र जापानले त्रिपक्षीय अभ्यास शुरू गरेकव जनाइएको छ ।
‘मालाबार एक द्विपक्षीय नौसैन्य अभ्यास हो, जसमा अमेरिका र भारतको साथमा यो वर्ष जापान पनि सामेल हुन पुगेको छ । चीले यो सैन्य अभ्यमा वासिंगटन गर नयाँ दिल्लीले जापानलार्इ स्थायी साथी बनाउने कुराको बिचार गरेपछि चीनले यो चेतावनी दिएको हो ।
लेखमा भनिएको छ, 'मानिसले यो पनि भनेका छन् कि जापानलार्इ मालाबार अभ्यासमा शामिल गरेर भारतले चीनतर्फ नजर लगाइरहेको छ र यो सैन्य अभ्यासको लक्ष्य पनि चीन नै हो ।'