सामाजिक सञ्जालको व्यङ्ग्यमा जतासुकै देखिने यी को हुन् ? थाहा पाउनुहोस्

असार, काठमाडौं । सामाजिक सञ्जालका हरेक ब्यङ्ग्यमा देखिने एउटा तस्बिर बारे सर्वत्र चासो हुने गरेको छ । यो तस्बिर बारे धेरै जिज्ञासा समेत छ । हरेक ब्यङ्ग्यमा भेटिने यो तस्विर चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङकाे हाे । विश्वभरका सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले ब्याङ्ग्यात्मक शब्दहरुको प्रयोग गरेर उनको तस्बिर राख्ने गरेका छन् । नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा समेत सर्वाधिक प्रयोग हुने उनको तस्बिर बारेको रहस्य यस्तो छ ।
चीनमा जन्मेका उनी ७ फिट ६ इन्च अग्ला छन् । उनी किन्डरगार्टेनमा भएकै बेला बस चढ्दा बयस्कको टिकट काट्नु पर्दथ्यो । स्कुलको पहिलो ग्रेडमा हुँदा नै उनी आफ्ना शिक्षकभन्दा अग्ला थिए । उनी किशोर हुँदा उनको परिवारले उचाई सुहाउँदो घर बनाउनु परेको थियो । याओको उचाई र बास्केटबलप्रतिको लगाब उनको आमाबुवाबाटै प्राप्त भएको हो ।
याओकी आमा ६ फिट ३ इन्च अग्ली छिन् भने बुवा ६ फिट १० इन्च रहेका छन्। उनीहरु दुबैजना सन् १९७० मा चीनमा व्यवसायीक बास्केटबलमा संलग्न थिए । साङ्धाइमा हुर्किरहेका याओमाथि चीनका कोचहरुले पहिलेदेखि नै आँखा लगाइरहेका थिए । याओले १३ वर्षको हुँदा चीनमा बास्केटबलको विशेष तालिम लिएका थिए । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । यो पनि थाहा पाउनुहोस्ः याओ मिङ ७ फिट ६ इन्च अग्ला र तौल १४० केजी रहेको छ । याओ एक्लो सन्तान हुन् ।
याओले सन् २००० र २००४को ओलम्पिकमा चीनियाँ राष्ट्रिय बास्केटबल टिमको सदस्यको रुपमा भाग लिएका थिए । याओसँग रिबक, भिजा, एप्पल र म्याक डोनाल्डसँग स्पोन्सरसिप डिल छ । याओको जर्सी नम्बर ११ हो । उनले सन् २००७ मा चीनियाँ बास्केटबल खेलाडी ये लीसँग विवाह गरे । उनले आफ्नो आत्मवृतान्त, ‘याओः अ लाइफ इन टु वल्र्ड’ लेखेका छन् । सन् २००८ मा चीनको भूकम्पमा उनले २ लाख डलर सहयोग स्वरुप भूकम्पपीडितलाई हस्तान्तरण गरेका थिए ।