सुशीलको उम्मेदवारी इतिहासकै ठूलो भूल :कांग्रेसका युवा नेता चन्द्र भण्डारी

काठमाडौं : कांग्रेसका युवा नेता चन्द्र भण्डारीले प्रधानमन्त्री पदका लागि सुशील कोइरालाको उम्मेदवारी इतिहासकै सबैभन्दा ठूलो भूल हुने बताएका छन्।



कोइरालाले उम्मेदवारी दर्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'प्रधानमन्त्री  पदका  लागि सुशील कोइराला र केपी वलीले नामांकन गरेका छन्। । तर जो जे भए पनी सुशील कोइरालाको नामांकन मेरो विचारमा इतिहासको सबै भन्दा ठूलो भुल हुनेछ।'

संविधान बनाएर सफल नेताको छवि बनाएका सुशीललाई उम्मेदवार बनाउने कांग्रेसका केही नेताहरुको निर्णयप्रति असन्तुष्टी जनाउँदै उनले भनेका छन्, जसले उहाँलाई सल्लाह दिए त्यो सल्लाह तिनीहरुको थिएन। मेरो विचारमा घेरै प्रतिक्रिया आउन सक्दछ । तर भोली इतिहासले प्रमाणित गर्नेछ ।'

भण्डारीले तीन दलबीचको एकता तोड्न नहुने र दलहरुबीच भएको सहमतिअनुसार अघि बढ्नुपर्ने पक्षमा जोड दिदै आएका छन्।

प्रतिक्रिया दिनुहोस