राष्ट्रपति चयन प्रक्रिया सुरु, कोको भिडदैछन नयाँ राष्ट्रपतिमा?
याँ राष्ट्रपति र उपराष्ट्रपति चयनको लागि तयारी सुरु भएको छ। व्यवस्थापिका संसद अधिवेशन आह्वान भएको ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्नुपर्ने व्यवस्था भएकाले त्यस अनुसार तयारी सुरु भएको हो।
यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन् । तर कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ । नयाँ संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन भने भैसकेको छ ।
morchaको को आकाक्षी?
नयाँ राष्ट्रपतिका लागि अधिकांस पार्टीका शिर्ष नेताहरु आकाक्षी रहेका छन । जसमध्ये नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा तथा वर्तमान राष्ट्रपति रामवरण यादव नै नयाँ दौडमा रहेका छन । तर आफनो पक्षमा भित्रि लविङमा रहेपनि वाहिर भने सर्वाजानिक गरि सकेका छैनन ।
यस्तै एमालेबाट माधवकुमार नेपालको पक्षमा केही समुहले लविङ सुरु गरेका छन भने विद्या भण्डारी, निवर्तमान सभामुख सुवास नेवांङ, झलनाथ खनाल समेत आकांक्षी रहेको एमाले नेताहरुले जनाएका छन । एमालेमा पनि हालसम्म आधिकारिक कसलाई राष्ट्रपतिमा अगाडी वढाउने भन्ने सहमति नभएपनि केही समुह सर्वसम्मत रुपमा आएका नेता मधेसी वा कांग्रेसबाट आएको उम्मेदवारलाई नै अगाडी लाने योजनामा समर्थन गर्ने तयारीमा रहेका छन ।
त्यसैगरि सर्वसम्मत र निर्वाचन प्रकृयाबाट सवैले समर्थन गरेको खण्डमा पुष्पकमल दाहाल प्रचण्ड पनि लाईनमा रहेको समाचार स्रोतले दावी गरेको छ । कार्यकारी पदमा रमाउने प्रचण्डलाई सेरेमोनियल पदमा सजिलै जाने गरि आफनो पक्षमा उत्ति कुरा अगाडी वढाएका छैनन । एमालेसंगको सक्ता समिकरणले एमाओवादीका प्रचण्ड तथा राप्रपा नेपालका कमल थापाले समेत राष्ट्रपति निर्वाचनमा कसरी जाने भन्ने विषयमा भित्रि छलफल शुरु गरेको स्रोतले जनाएको छ ।
यस्तैगरि प्रधानमन्त्री निर्वाचनमा सहभागि भएका मधेसवादी दलहरु मध्येबाट पाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई सर्वसम्मत उम्मेदवार वनाउने योजनामा लागेको जनाइएको छ । यस्तै उपराष्ट्रपति पदमा भने एमाओवादी, फोरम लोकतान्त्रिक लगायतका पार्टीले समेत आफनो दावी गर्ने तयारी गरेका छन ।
Sushil-Koiralaकांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिन्छ: कोइरालाले
यसैवीच रिपोर्टस क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले पार्टीले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी सार्वजानिक गरेका छन । उपयूक्त उम्मेदवार खडा गर्ने छौ कोइरालाले भने ।
रिपोर्टर्स क्लब नेपालले कोइराला निवास महाराजगंजमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘तपाईँहरु ढुक्क हुनुस, कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन्छ। लोकतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयनको लागि पनि उम्मेदवारी दिनु अपरिहार्य छ। हामी अहिले छलफलमा छौँ, पार्टीले निर्णय गरेर उपयूक्त पात्रलाई उम्मेदवार बनाउँछौ।’
कार्यक्रममा कोइरालाले प्रधानमन्त्री निर्वाचनमा पनि पार्टीले आफूलाई उम्मेदवार बनाएकोले आफू उम्मेदवार बनेको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी लोकतन्त्र र मधेस आन्दोलनको पक्षमा भएको दावी गरे।