मधेसी मोर्चाको कार्यकर्ताहरु र गाउँलेहरुबीच झडप
परासी : नवलपरासीको पक्लिहवास्थित सीमावर्ती भारतीय बजारबाट दैनिक उपभोग्य सामाग्री ल्याउन नदिएपछि स्थानीयवासी मधेसी मोर्चाका कार्यकर्तामाथि खनिएका छन् । सीमावर्ती क्षेत्र पक्लिहवा–१ स्थित नठही नगरमा बसेर शनिवार गाउँलेले ल्याएका दैनिक उपभोग्य सामाग्री मोर्चाका कार्यकर्ताहरुले फ्याकेपछि झडप भएको प्रहरीले जनाएको छ ।
क्षेत्र नं. ६ का सभासद देवकरण जयसवालको नेतृत्वमा जनजागरण अभियान सञ्चालन हुन थालेपछि केही स्थानमा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रमलाई बिथोल्न थालेका छन् । शनिवार नर्सहीमा भएको कार्यक्रमलाई मोर्चाका कार्यकर्ताहरुले बिथोल्न जाँदा तनावको स्थिति सृजना भएको थियो । संविधान सभा सदस्य जयसवालले भने कसैले बिथोल्दैमा आफ्ना कार्यक्रम नरोकिने भन्दै गाउँगाउँमा अन्र्तकृया र भेलामार्फत जागरण अभियानलाई तिव्ररुपमा अघि बढाईएको दावी गरेका छन् । संविधानसभा निर्वाचनमा क्षेत्र नं. ६ बाट तमलोपाका वरिष्ठ उपाध्यक्ष ह्दयश त्रिपाठी पराजित भएको क्षेत्र हो स्रोत अन्नपूर्ण पोस्ट .कम

