तराई लिबरेशन आर्मी भन्ने भूमिगत संगठनले निकाल्यो सनसनीपूर्ण बिज्ञप्ति, मधेशी सांसदका परिवारको नै सफाया गर्ने धम्कि(बिज्ञप्ति सहित )

काठमान्डौ – तथाकथित  तराई लिबरेशन आर्मीले मधेशी र जनजाति क्षेत्रबाट चुनिएका जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा नदिए उनीहरुको परिवारको सफाया गर्ने चेतावनी दिएको छ ।

कार्तिक १ गते आईतबार प्रेस विज्ञप्ति निकाल्दै भनेको छ  ” शोसक सत्तासँग हाथ मिलाएका सांसदहरुले ७२ घण्टाभित्र आफ्नो पद त्याग गरेर मधेश आन्दोलनमा नलागे उनीहरुका परिवारका सदस्यहरुको सफाया गरिने छ  ।”
 
उसले मधेश आन्दोलन कुनै नेताको बलमा नचलेको र मधेशी जनता कुनै पार्टी वा नेताको गुलाम नभएको भन्दै मधेशी सहिदको लाशमाथि राजनीति गर्नेहरुको परिवारबाट पनि एक एक जनालाई सहिद बनाउने धम्की दिएको छ ।
उसको विज्ञप्तिमा सहिद परिवारमाथि आइलाग्ने विपतको अनुभव गराउन उनीहरुको परिवारबाट एक जनालाई सहिदको दर्जा दिलाउन र सरकारको तर्फबाट दिइने १० लाख रकम दिलाउन आवश्यक रहेको जनाएको छ ।
कथित तराई लिबरेशन आर्मीले कैलाली र महोत्तरीमा प्रहरीको हत्या आफूले गरेको दाबी पनि गरेको छ । उसले भनेको छ ” आगामी दिनमा पनि जनतामाथि दमन गर्नेलाई मारिने  छ ।”
विज्ञप्तिमा तराई लिबरेशन आर्मीसँग बुद्धिजिवी, उद्यमी, पूर्व मधेश विद्रोहीलगायत नेपाल प्रहरीका ५ अधिकारी तथा नेपाली सेनाका भूतपुर्व ३ अधिकारी आबद्ध रहेको दाबी पनि गरिएको छ । यसबारे सरकार बेलैमा  सचेत हुन जरुरि देखिन्छ |हुलाकी न्युजको सहयोगमा  |

प्रतिक्रिया दिनुहोस