मोदीको हत्या गर्ने योजना खुल्यो

भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यानमार्ने तथा गाजियावाद रेल्वे स्टेशन उडाउने चिठी फेला परेपछि भारतमा सुरक्षास्थिति मजबुत बनाइएको भारतीय मिडियाले बताएका छन् । राजकीय रेल्वे प्रहरीले

दिएको जानकारी अनुसार पाकिस्तानको आतंकवादी संगठन लस्करे तैवासँग सम्बन्धित प्राप्त एक अन्तराष्ट्रिय चिठीमा नरेन्द्र मोदीलाई जुन १५ देखि २० भित्र मार्ने योजना बनेको रहस्य सार्वजनिक भएको छ । रेल्वे प्रोटेक्सन मुख्यालयले दिएको जानकारी अनुसार भारतीय भावी प्रधानमन्त्री नरेन्द्र मोदी, बहुजन समाज पार्टी अध्यक्ष मायावतीको हत्याको योजना र गाजियावाद रेल्वे स्टेशन उडाउने धम्की उक्त चिठीमा रहेको बताइएको छ । प्रहरी तथा जाँच एजेन्सीका विशेष व्यक्तिहरु यसबारे अनुसन्धान गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस