सर्लाहीमा यात्रु बस दुर्घटनाग्रस्त : एक जनाको मृत्यु, १० घाइते

सर्लाही, कात्तिक १५ । सर्लाहीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार सिरहाबाट काठमाडौंको लागि छुटेको बा ५ ख ३१०४ नम्बरको बस तिब्र गतिका कारण पुर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुल्जोड सडकखण्डमा दुर्घटना भएको हो ।

मृतको अहिलेसम्म सनाखत हुन सकेको छैन भने घटनाको थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस