यस्ता छन् भारतलार्इ ठेगान लगाउने कमल थापाका तीन सुत्रहरु

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा थापाले दशैमा जनताले राहत महसुस गर्ने उद्देश्यकका साथ काम थालिसकेको भन्दै केही दिनमै जनताले राहतको अनुभव गर्ने उल्लेख गरे ।



थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको जानकारी दिदै पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र संबादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालको असंलग्नता, पञ्चशील र संयूक्त राष्ट्र संघको बडापत्रमा आधारित पराष्ट्र नीतिलाई प्रोएक्टिब र प्राग्मेटिक ढंगले अगाडि बढाउने भन्दै चीन र भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दृढता व्यक्त गरे ।

थापाले नेपाली कुटनीतिको अभ्यास र मुल्य मान्यतालाई अगाडि बढाउने बताउँदै परराष्ट्रका कर्मचारीहरुको क्षमता अभिबृद्धिकोलागि तालिम दिने योजना सुनाए ।

फरक फरक विचार भएपनि अहिलेको सरकार राष्ट्रियताको सुदृढिकरण, प्रजातन्त्रको सवलीकरण र मुलुकको आर्थिक समृद्धिको चाहनाले गठन गरेको भन्दै उनले फरक विचारले सरकारको प्रभावकारितामा कुनै असर नपर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस