टीकापुर हत्याकाण्डका ‘योजनाकार’ रामजनम चौधरीले मन्त्री पदको सपथ लिए
काठमाडौं, १ कात्तिक । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले मन्त्री पदको सपथ लिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्री बनेका हुन् । उनको मन्त्रालयको टुङ्गो लागेको छैन् । उनको पार्टीबाट यसअघि अध्यक्ष विजय गच्छदार उपप्रधानमन्त्री बनिसकेका छन् ।
महासचिव चौधरी कैलाली क्षेत्र नम्बर ३ का सांसद हुन् । यसैबीच भदौ ७ गते एसएसपी सहित ९ जनाको ज्यान जानेगरी कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकारको आरोप चौधरीलाई लागेको थियो ।
टीकापुरको स्थानीय स्रोतका अनुसार चौधरीकै घरबाट घरेलु हतियार बोकेर आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरी हत्याको योजना बनाएको आरोप लागेका चौधरीलाई ओली सरकारले मन्त्री बनाएको हो ।