आखिर झुक्यो भारत, वीरगञ्ज बाहेक सबै नाकाबाट आपूर्ति सूचारु गर्ने भारतको तयारी

काठमाडौं, १६ असोज – अघोषित नाकाबन्दी नेपाली जनजीवन सकस पूर्र्ण बनिरहेका बेला भारतले वीरगञ्ज–रक्सौल बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गर्न सहमत भएको छ । भारतको नयाँ दिल्लीमा शनिबार बसेको साउथ ब्लकको बैठकले नेपालसँग मिलेर स्थानीय स्तरमा अनुगमन गरेर बाँकी नाका सूचारु गर्ने निर्णय गरेको र खुलाउने तयारी भइरहेको नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिए । उनका अनुसार अनुगमन जारी रहेकोले शनिबारैबाट नाका सूचारु गर्ने तयारी भारतले गरेको हो । वीरगञ्जमा आन्दोलनकारीहरुको संख्या बढी र बढी चहल पहल भएकोले उक्त नाका भने तत्काल सूचारु गर्न नसकिने भारतको भनाइ छ ।


साउथ ब्लकले नेपालका प्रमुख राजनीतिक दलहरुले बार्ता थालेको र संविधान संसोधनको प्रक्रिया समेत अगाडि बढाएको अवस्थामा अब मधेसी नेताहरुलेपनि बार्ता गर्नु पर्ने निष्कर्स निकाल्दै नाका सूचारु गर्नु पर्ने निष्कर्स निकालेको हो । नेपाल र भारतवीच रहँदै आएको कन्फ्यूजन हटेकोले भारतले आफ्नो च्यानलबाट मधेसी नेताहरुलाई वार्ताबाट समस्याको समाधान खोज्न समेत आग्रह गरिरहेको बताईएको छ ।

यसअघि शुक्रबार भारतको लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दुगलसँग भेटेर यथार्थ अवस्था बताएका थिए । सो भेटमा नेपालका जनताले दुख पाउनु हुँदैन भन्नेमा आफूहरु सचेत रहेको भन्दै तत्कालै अवरोध हटाउने विश्वास ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस