विवाह गर्ने भन्दै फकाएर काठमाडौं ल्याएर गौशालाको होटेलमा युवतीको यस्तो विजोग
१८ वर्षीया किशोरी सोनिया श्रेष्ठ काठमाडौको गौशालास्थित होटलमा मृत फेला परिन् ।
होटल गौशालाको रुम नम्बर ११८ मा मृत अवस्थामा भेटिएकी सोनियाको साथ कोही थिएन । दुई दिनअघिदेखि सोनियासँग होटलमा रहँदै आएका युवक भने होटलबाट फरार भइसकेका थिए । होटल
सञ्चालकलाई शंका लाग्यो, किशोरीको हत्या त्यही युवकबाट भयो । गौशाला प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सुरेन्द्र मैनालीले भने-‘तर अरुलाई प्रयोग गरेर फोन गर्न लगाई केएमसी हस्पिटल नजिकबाट पक्राउ गर्न सफल भयौं ।’
थिङले सोनियालाई १५ वर्षकै कलिलो उमेरमा मायाजालमा पारेको प्रहरीको प्रारम्भीक बयानबाट खुलेको छ । थिङले सोनियालाई विवाह गर्ने भन्दै फकाएर काठमाडौं ल्याएका रहेछन् । सर्लाही पत्थरकोटकी नौ कक्षामा पढ्दै गरेकी किशोरी प्रेमीसँगै काठमाडौ आएकी थिइन् ।
तर, अभियुक्त थिङले सोनियाको हत्या गर्ने योजना काठमाडौं आउनुअघि नै बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । थिङ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको डिएसपी मैनालीले बताए ।
बिहीबार बिहान सर्लाही नै फर्किन नमानेपछि किशोरीको हत्या गरेको अभियुक्तको बयानमा खुलेको छ । बिहीबार विहान साढे ५ बजेतिर घर फर्किने भन्दा किशोरीले विवाह गरी पहिलाको श्रीमतीलाई छाडेर काठमाडौमा बस्न भनेपछि दुई जनाबीच झगडा भयो । त्यही बेला आवेगमा आएर किशोरीको हत्या गरेको थिङले प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले थप अनुसन्धान भएरहेका बताएको छ ।