अब ८२ हजारमै अमेरिका पुगेर आउनुस्
काठमाडाैं : तपाईं अमेरिका जाने तयारी हुनुहुन्छ ? त्यसो भए हवाई टिकट किन्दा यता पनि ध्यान दिने कि ?
ठमेल भगवानबहालस्थित स्पिडी ट्राभल्सले अमेरिका–नेपाल आउन जान ८२ हजारमै हवाई टिकटको प्याकेज ल्याएको छ ।
कम्पनीले दशैं तिहार पर्वका अवसरमा अमेरिका–नेपाल आउने जाने हवाई टिकट ८२ हजार २ सयमै उपलब्ध गराउन थालेको हो ।
भदौबाट थालिएको यो योजनाबाट ४ सय बढीले फाइदा लिइसकेको कम्पनीले जनाएको छ ।
स्पिडीले डेल्टा एयरालइन्ससँगको सहकार्यमा प्रदान गरिरहेको छ । दशैं तिहारको अवसरमा यो योजना ल्याइएको स्पिडीका म्यानेजिङ डाइरेक्टर उमेश दनैले जानकारी दिए ।
सामन्तया एक पटक अमेरिका ओहोरदोहोर गर्न १ लाख १६ हजारदेखि १ लाख ५० हजारसम्म हवाई टिकटमा खर्च हुने गर्दछ ।
‘हामीले यो प्याकेजमा करसमेत जोडेका छौं’, दनैले भने, ‘यो प्याकेजबाट सयौं यात्रु लाभान्वित भएका छन् ।
स्पिडीले युरोप, अमेरिका, जापान, क्यानडा, मध्यपूर्वी देशमा पनि सस्तो दरमा हवाई टिकट उपलब्ध गराइरहेको जानकारी दिएको छ ।
दनैले नेपालीहरुलाई बैंकक, सिंगापुर र जापानको लागि होलिडे प्याकेज चलाइरहेको जानकारी दिए ।
स्पिडीले जापानमा विदा मनाउन जानेहरुका लागि २ लाख ९० हजारमा हवाई टिकटसहितको होलिडे प्याकेज पनि चलाइरहेको छ ।
‘सस्तोदरमा तयार पारिएको यो प्याकेजबाट जापान घुम्न जानेहरु बढिरहेका छन्’, दनैले भने, ‘हामीले जापानमा विदा मनाउने नेपालीहरुलाई लक्षित गरी ल्याएको यो प्याकेज प्रभावकारी भइरहेको छ ।’

