भारतमा नरेन्द्र मोदीलाई कडा धम्की !
काठमाडौं, ३० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की आएको छ ।
मोदीको गृहनगर गुजरातका पटेल समुदायका युवा नेता हार्दिक पटेलले मोदी र उनको राज्य सरकारलाई धम्की दिएका हुन् । साथै उनले आफ्नो अधिकार नपाएसम्म गुजरातमा कुनै पनि कार्यक्रम हुन नदिने चेतावनी दिएका छन् ।
यसैबीच गुजरातको राजकोटमा भारत र दक्षिण अफ्रीकाबीच हुन लागेको तेस्रो वनडे क्रिकेट म्याच पनि विथोलिदिने धम्की पनि उनले मोदीको राज्य सरकारलाई दिएका छन् । उनले क्रिकेट म्याचको सबै टिकट भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई बाँडेको आरोप लगाउँदै अब यदि म्याचको क्रममा कुनै पनि घटना भए त्यसको जिम्मेवारी मोदी सरकारले नै लिनुपर्ने हार्दिक पटेलको जिकिर छ ।
फेरि दिए धम्की
हार्दिकले फेरि धम्की दिएका छन्– यदि हामीलाई स्टेडियममा जान नदिएमा टीम इण्डियालाई मैदान भित्र प्रवेश गर्न दिने छैनौं । र बाहिर पनि विरोध प्रदर्शन गर्नेछौं । हार्दिक पटेलले पहिला पनि यसैगरी मोदी सरकारलाई धम्की दिइसकेका छन् ।
- दैनिक नेपाल