बाबुराम पक्षका सांसदले ओलीलाई मतदान गर्ने

२४ असोज, काठमाडौं ।


एकीकृत नेकपा माओवादीका असन्तुष्ट सांसदले पनि सुशील कोइरालालाई भोट नहाल्ने भएका छन् । बाबुराम भट्टराई पक्षका सांसदलाई मनाउन कोइराला लागिपरे पनि कोइरालाको बहुमत नपुग्ने भएपछि आपफ्ना सांसदलाई मतदानमा स्वतन्त्र छोडिएको भट्टराई पक्षले बताएको छ ।

उनीहरुले संसदीय दलको बैठकमा फरक मत राखेर एमाले अध्यक्ष ओलीलाई मतदान गर्ने भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले जानकारी दिए ।


पार्टीबाट राजिनामा दिएको बाबुराम भट्टराईले आफू निकटका सांसदसँग बिहान आफ्नै निवास सानेपामा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस