एसएसपी सर्वेन्द्र खनालको अर्को बहादुरी: पैंसा खाएर खेलमा नेपाललाई हराउने राष्ट्रिय खेलाडीहरु प्रहरीको नियन्त्रणमा

काठमाडौँ, २७ असोज– अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अर्को सफलता हात पारेका छन् । एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित पाँच खेलाडी छन् । जसमा विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्री रहेका छन् ।



पक्राउ परेका खेलाडीमध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी पनि हुन् । रितेश थापा नेपाल प्रहरीका खेलाडी हुन् । अञ्जन र विकाससिंह थ्रीस्टारका पूर्वखेलाडी हुन् । केही समय अगाडिसम्म अञ्जन थ्रीस्टारका प्रशिक्षक थिए । एसएसपी खनालका अनुसार म्याच फिक्सिङ गरेको गोप्य सुचनाको आधारमा उनीहरुमाथी अनुसन्धान भइरहेको थियो । अनुसन्धानको घेरामा परेका उनीहरुलाई आज दिउँसो पक्राउ गरिएको एसएसपी खनालले बताउनुभयो । खेलाडीहरु म्याच पिक्सिङको आरोपमा पक्राउ परेपछि प्रतिक्रिया दिँदै एसएसपी खनालले यो कार्य प्रहरीको लागि ऐतिहासिक सफलता भएको बताउनुभयो ।


विगतदेखि नै म्याच पिक्सिङको भएको चर्चा भएपनि त्यसमा अनुसन्धान नभएको तर आफ्नो नेतृत्वमा यो काम सफल भएको उहाँले बताउनुभयो । उहाँले देशको पहिचान विश्वसामु पुर्याउने खेल क्षेत्रलाई बदनाम गराउनु ठुलो अपराध भएको बताउँदै यस्तो कार्यले सिंगो नेपालीको स्वाभिमान उच्च हुनबाट रोकेको बताउनुभयो । यो एउटा संगठित अपराध भएको भन्दै एसएसपी खनालले यस विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।  सागर २००९ देखि नेपाली टिमका कप्तान छन्। एसएपी खनालका अनुसार सन् २००९ देखि २०१४ सम्मका राष्ट्रिय तथा अन्तराष्ट्रय खेलमा म्याच फिक्सिङ गरिएको हुन सक्छ । "अहिलेसम्मको अनुसन्धानबाट बंगलादेश, मलेसिया र अफगानिस्तान आदिसँगको खेलमा म्याच फिक्सिङ भएको देखियो"– एसएसपी खनालले भने– "हामी थप सोधपूछ गरिरहेका छौँ ।"


एसएसपी खनाल अपराध महाशाखमा आएपछि शान्ति सुरक्षाको स्थिति मजबुत भएको सर्वसाधारणहरुको भनाई छ । खनालकै नेतृत्वमा खटिएको टोलीले गुण्डा नाइके घैँटेलाई पक्राउ गर्न खोज्दा इन्काउन्टरमा मारिएका थिए । लामो समयदेखि राजनीतिक संरक्षण पाएका उनी प्रहरी मुडभेडमा मारिएका थिए । त्यस्तै काठमाडौँमा अवैध रुपले सञ्चालित कन्सलटेन्सी र मनि ट्रान्सफरमा अवैध हुन्डी सञ्चालन गर्ने संस्थाहरुमा छापा मारिएको थियो । सो काम पनि एसएसपी खनालकै नेतृत्वमा भएको थियो । पछिल्लो समय अपराधीक गतिविधि नियन्त्रणमा सक्रिय खनाल सर्वत्र चर्चाको पात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस