ज्योती मगरको प्रश्न, ‘कस्तो मान्छेले छोरीलाई ‘ब्लू फिल्म’ खेल भन्छ ?’
गायिका ज्योती मगर सधैं चर्चामा आइरहन्छिन् । महिलाहरुको चाड तीज आउनै लाग्दा यसपालीको उनको चर्चा झनै ह्रवातै बढेको छ । यसपालीको चर्चाको कारण हो, ‘ढाडे बिरालो….’ बोलको तीज गीतमा उनले गरेको अभिनयको । छोटो कपडा लगाएर छमछमी नाचेको यो गीतको दृश्यलाई आलोचकहरुले ‘छाडा’ भनेका छन् ।
खोक्रो आर्दशको कुरा गर्नेहरुले बढी आलोचना गर्ने गरेको उनको दाबी छ । भन्छिन्, ‘ज-जसले मेरो धेरै कुरा काट्छन्, उनीहरुले नै मेरो गीत बढी सुन्छन्, मेरो भिडियो पनि उनीहरुले नै धेरै हेर्छन् । अनि ढोंगी कुरा गर्छन्,खोक्रो आर्दशको कुरा गर्छन् । यहीबीचमा ज्योती आजै(शुक्रबार) खोटाङ समाज हङकङले गरेको कार्यक्रममा प्रस्तुती दिन हङकङ जादैछिन् । यही सन्दर्भमा नयाँ पेजको लागि देविका घर्ती मगरले गरेको कुराकानी : बजारमा अहिले बहुत ‘चर्चित’ हुनुहुन्छ, खुसी हुनुहुन्छ की दुःखी ?
– खुसी छु । तर, चर्चित नहुँदा पनि म खुसी नै थिएँ । मैले दुःख मान्नुपर्ने गरी केही गरेकी छैन ।
बजारमा यति धेरै कलाकार छन्, तर चर्चा चाहिँ तपाईको मात्रै किन यतिधेरै ?
– दर्शकहरुले मलाई अलि बढी माया गर्नुहुन्छ होला त्यै भएर हो कि !
चर्चाको कारण चाहिँ तपाईको भड्किलो पोशाक र प्रस्तुति भएको छ, नराम्रो लाग्दैन ?
– लाग्दैन, आ–आफ्नो हेराई हो । त्यही कुरा कसैलाई भड्किलो लाग्ला कसैलाई सामान्य लाग्ला त्यो त हेराई र सोचाईको दोष हो । मान्छेले के भन्यो भनेर खुसी र दुःखी हुने कुरै छैन । म के गर्छु त्यो चहि ठुलो कुरा हो ।
लोकगीत र लोकदोहोरीमा तपाईंको कारण विकृति फैलियो भन्छन् नि त ?
–विकृति होइन परिवर्तन मात्रै हो । फरक यती हो अरुको गीत ‘स्लो प्याटर्न’मा छ र त्यस्तै खालको भिडियो बन्छ । मैले गर्ने ‘डान्सिङ’ नम्बरमा छ र भिडियो त्यस्तै बन्छ ।
तपाई गाएर भन्दा पनि छोटो लुगामा नाचेर बढी चर्चित हुनु भएको हो ?
–होइन, मैले लामो लुगामा पनि नाचेकी छु । ‘सारी किनियो’ भन्ने गीत, ‘खाइन बरिलै’ भन्ने गीत लगायत थुर्पै गीतमा लामो कपडामा नाचेकी छु । दर्शकले चाहिँ सारी लाएर नाचेको भन्दा छोटो कपडामा नाचेको गीत बढी हेर्नुहुन्छ ।
‘यस्तो भिडियो नहेरौँ सबैले भन्छन् तर हेर्न चाहिँ सबैले हेरेर यस्तो र त्यस्तो भन्छ’ गराई र भनाइमा फरक छ है ?
–एकदम फरक छ । हेर्नु पनि हुन्छ मन पनि पराउनुहुन्छ । फेरी खोक्रो आदर्श पनि देखाउनुहुन्छ । खास कुरो त के भने ज–जसले कुरा काट्नुहुन्छ उहाँहरुले सब भन्दा धेरै हेर्नुहुन्छ ।
जसले मेरो धेरै कुरा काट्नछन्, उनीहरुले नै मेरो गीत बढी सुन्छन्, मेरो भिडियो पनि उनीहरुले नै धेरै हेर्छन् । अनि ढोंगी कुरा गर्छन्,खोक्रो आर्दशको कुरा गर्छन् ।
गायक रामप्रसाद खनालले त ‘ब्लू’ फिल्म खेल्न सुझाव दिएछन् नि !
– खै मलाई त ब्लू फिल्म भन्ने के हो था छैन । अहिलेसम्म हेरेको नि छैन । म त सभ्य नारी हो । म्यूजिकको बारेमा थाहा छ । आइटम गीतबारे थाहा छ । ‘डान्सिङ’ नम्बरका बारेमा केही हदसम्म थाहा छ । म यी कुराहरु फलो पनी गर्छु ।
म उहाँलाई सुझाव दिन चाहन्छु ‘फेसबुकमा हिरो बन्नलाई जे पायो त्यही नलेख्नुहोस् ।’ म त उहाँको छोरी जस्तो मान्छे हो । आफ्नो छोरीजस्तो मान्छेलाई यसरी गिरेर ‘ब्लू फिल्म’ खेल भन्ने तपाई को हो ? कस्तो मान्छेले आफ्नो छोरी जस्तो मान्छेलाई ‘ब्लू फिल्म’ खेल भन्छ् तपाईहरु आफैले भन्नुहोस् । म उहाँलाई एकचोटी आफ्नो अनुहार ऐनामा आफैँ हेर्न सुझाब दिन्छु । आफ्नो अनुहारले आफैलाई जिस्काउला ।
अझ भन्ने हो भने ज्योती मगरले के गरिन, मैले के गरे भनेर सोच्नुहोला । अनि अर्को कुरा मेरा गीत, म्युजिक भिडियो मेरा फ्यान, दर्शक र स्रोताका लागि हुन् । तपार्इं एक जनाको लागि होइन । मेरो गीत र म्युजिक भिडियो हेर्दा तपार्इंको मन अमिलो हुन्छ ? त्यो तपाईंको समस्या हो । मन पर्दैन नहेर्न पाउनुहुन्छ । होइन भने मिडियालाई सपोर्ट नगरौं भनेर भन्नु तपाईको मूर्खता हो । म र मेरो कलाकारिताको लागि मिडिया र दर्शकस्रोता नै मुख्य हुन् ।
हङकङमा प्रस्तुति दिन जाँदै हुनुहुन्छ, कस्तो छ तयारी ?
त्यहाँ टिकट काटेर हेर्न आउने दर्शकको लागि मनोरञ्जन हुने खालको प्रस्तुतिको तयारीमा छु ।
हङकङको तपाईलाई सबैभन्दा बढी के मनपर्छ ?
– हङकङमा बस्ने नेपालीको मन एकदम मन पर्छ । भौगोलिक हिसाबले भन्ने हो भने मलाई त्यहाँको ‘पिक पाउन्टेन’ मन पर्छ । विग बुद्ध मन पर्छ ।
हङकङको कुरो गरौँ न, त्यहाँ त धेरै आइडीवाला छन्, आइडीवालाले उतै बसौँ भन्यो भने के गर्नुहुन्छ ?
– एकछिन सोच्छु होला, कुन हिसाबले भन्या हो भनेर !
हङकङवासीलाई केही सन्देश छ कि ?
– हङकङमा आइतबार हाम्रो कार्यक्रम हुदैछ आउनुहोस, रमाइलो गरौँ । आफ्नो जिन्दगीको एक दिन छुट्टाएर रमाइलो गरौँ । भोली कसले देखेको छ र ? बाचौँ आजै, नाचौं आजै । सबैलाई मेरो निम्तो छ ।