चीनसँग इन्धन ल्याउने सम्झौतामा हस्ताक्षर
भारतको नाकाबन्दीका कारण चरम इन्धन संकटपछि नेपालले चीनबाट इन्धन ल्याउने औपचारिक सहमति गरेको छ । बेइजिङ गएको सरकारी टोलीले चीनबाट इन्धन ल्याउने सम्झौतामा हस्ताक्षर गरेको हो।
अव चीनबाट इन्धन आउने प्रक्रियाले औपचारिकता पाएको छ । चीनले दिने भनिएको अनुदानको पेट्रोल भने सीमानाका सम्म आइसकेको बताएको छ ।
के कस्ता सर्त र संझौतामा पेट्रोलियम पदार्थको खरीद बिक्री गर्ने भन्ने विषयमा दुई पक्षबीच सैद्धान्तिक सहमति हुनासाथ आजै नेपाली ट्याङकरहरु नेपाल–चीन केरुङ नाका प्रस्थान गर्नेछन् । अहिले निगमले केरुङमा नयाँ आवश्यक कागजी प्रक्रिया मिलाई रहेको छ ।
नयाँ सरकार गठन भएलगत्तै पेट्रोलिय पदार्थको असहज आपूर्तिको विषय सरकारले कुटनीतिक पहल गर्दै परराष्ट्रमन्त्री कमल थापालाई भारत पठाए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट समते विश्वस्त हुने जवाफ नपाएपछि नेपालले विकल्पमा चीनबाट पेट्रोलिय पदार्थ ल्याउने तयारीलाई मूर्तता दिएको हो ।

