गस्तीका क्रममा खटिएका प्रहरी र डाँका समूहबीच भिडन्त हुँदा १३ जनाको मृत्यु
उत्तरपूर्वी भारतीय राज्य आसामको एक दुर्गम इलाकामा गस्तीका क्रममा खटिएका सुरक्षाकर्मी र डाँका समूहबीच गएराती भएको भिडन्तमा ३ प्रहरी सहित १० डाँकाको मृत्यु भएको हो । राति एक बजे २५ - ३० जनाको समूहमा हतियार सहित डाँका समूह एक घर नजिकै आएको देखे पछि उनीहरुलाई घेरा हाल्न खोज्दा डाँका समूहले प्रहरीलाई लक्षीत गर्दै गोलि चलाएका थिए । भिडन्तका क्रममा प्रहरीको गोलि लागी १० डाँका को मृत्यु भए पछि समूहका बाँकी डाँकाहरु गोलि पडकाउदै भागे । घटनास्थल बाट प्रहरी ले ६ थान राइफल तथा र ४९१ गोली गोलि बरामद गरेको छ ।


