BREAKING NEWS: नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगियो

विमान चालक क्या. विजय लामाका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो । उड्ने तयारी गर्दा क्या. लामाले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए । ‘यदि जहाज उडेको भए निश्चित उचाई लिंदा जहाजभित्र हावा पस्ने थियो,’ सम्भावित दुर्घटनाबारे उनले भने, ‘जहाजमा हावा पस्नु ठूलो जोखिम हो, त्यस्तो अवस्थामा आकाशमै जहाज पड्कन्छ ।’

प्रतिक्रिया दिनुहोस