रसुवा बस दुर्घटनामा ३३ जनाको मृत्यु, यस्तो छ घाइतेको भनाइ (भिडियो)

अपडेटः
रसुवा, नुवाकोट, कार्तिक १७ । रसुवाको राम्चेमा मंगलबार भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।


मृत्यु हुनेहरुमा १९ जना पुरुष, १२ जना महिला र एक बालक रहेका छन् । दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट चिलिमेतर्फ गइरहेको बस राम्चेमा पुग्दा दुर्घटना भइ सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो ।


रसुवा र नुवाकोटबाट गएका प्रहरीहरुले भीरबाट शव निकाल्नुका साथै घाइतेहरुलाई उद्धार गरेका थिए । उद्धारका लागि सघाउन नुवाकोटबा प्रहरी निरीक्षकको नेतृत्वमा ६ ओटा एम्बुलेन्सहित प्रहरी रसुवा पठाइएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ९ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।

सामान्य घाइतेहरुको रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बा२ख ५७०६ नम्बरको बस मंगलबार दिउँसो पौने १ बजे दुर्घटनामा परेको हो । -

प्रतिक्रिया दिनुहोस