वि.सं. २०७२ साल कात्तिक १७ गते। मंगलबार। इश्वी सन् २०१५ नोभेम्बर ३ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– सप्तमी, ९:२६ बजेउप्रान्त अष्टमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविगतको सफलताले काममा झन् उत्साह बढ्नेछ। उद्योग र व्यापारमा निकै फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषि तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छन्। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerहिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसमय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ अलि नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम, नाम, इनाम हातपार्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति गर्न सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioश्रमपूर्वक समर्पित हु“दा पनि कामको मूल्य नपाइने परिस्थिति छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। गोपनीयतामा ध्यान दिँदै कर्तव्य पालना गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम ग


