आन्दोलन गरेर रोजिरोटी बन्द गरेको भन्दै सर्लाहीका युवाले यसरी काटे आन्दोलनकारी नेताको टाउको
सर्लाही–सर्लाहीको लक्ष्मिपुरमा सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहमाथि खुकुरी प्रहारको प्रयास भएको छ।
घटना स्थलमा तत्काल इलाका प्रहरी कार्यलय हरिपुरबाट गएका प्रहरी टोललीले मधेसी मोर्चाले पक्राउ गरेर राखेका खुकुरी प्रहार गर्ने युवकलाई बुझेका थिए । पक्राउ परेको युवकलार्य इलाका प्रहरी कार्यलय हरिपुरमा राखिएको प्रहरी निरीक्षक राककुमार कार्कीले बताए ।नेकपा एमाले जिल्ला कमिटिले आज हरिपुरमा छठ र्वको अवसर पारेर आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएको एमाले जिल्ला अध्यक्ष रेबती पन्तले बताए । मधेसी मोर्चाले कार्यक्रम बिथोल्ने तयारी गरेपछि पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले समबोधन गर्ने कार्यक्रम स्थगित गरिएको पन्तले बताए । कार्यक्रम गरेर तत्कालै ठुलो उपलब्धि नहुने र नगर्दा घाटा नहुने भएपछि मधेसमा जारी आन्दोलनलाई केन्द्रित गर्दै कार्यक्रमा रोकिएको छ,' उनले भने । नेपालको कार्यक्रम स्थगित भएपनि हरिपुरमा मधेसी मोर्चाले बिरोध प्रदर्शन गरेका छन्। मोर्चाले सभासद तथा मन्त्रीलाई मधेस प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।