रुस र चीनबीच अमेरिकी डरललाई बाइपास गर्ने सम्झौता!

चीन र रुसबीच अमेरिकी डलरलाई बाइपास गर्नेगरी सम्झौता भएको छ । संसारभरी रहेको अमेरिकी डलरको एकछत्र राजलाई अन्त्य गर्दै रुस र चीन आन्तरिक मुद्रामै कारोबार गर्न सहमत भएका हुन् ।



आइतबार मात्र रुसको दोश्रो ठूलो वित्तीय संस्था भिटिबीले बैंक अफ चाइनासँग आपसी कारोबार चीन र रुसको मुद्रामा गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनको साङ्घाइ पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति शी जिनपिङको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

अहिले सम्म संसारका सबै जसो २ पक्षी र बहुपक्षीय कारोबारमा अमेरिकी डलर प्रयोगमा रहँदै आएको छ । चीन र रुसको पछिल्लो कदमले अमेरिका क्रुद्ध हुने निश्चित छ ।

भारतको नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट टार्न नेपाललाई सहयोग गरेको चीनले अमेरिकालाई टक्कर दिने सम्झौता गर्दा भारतलाई समेत असर गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस