इटहरी २ मंसिर – मधेस आन्दोलनलाई सम्बोधन गर्ने नाममा प्रदेश नं १ बाट सुनसरी र मोरङ्गलाई टुक्रायाएर प्रदेश नं २ मा गाभ्ने प्रयासु भए लिम्बुवान चुप भएर नबस्ने संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले बताउनुभएको छ । अरुण पुर्वको नौ जिल्ला स्यायत्त लिम्बुवान राज्य रहेको र यसलाई कसैको माग सम्बोधन गर्ने नाममा टुक्रयाएर कुनै प्रदेशमा मिसाउन खोजे लिम्बुवान आफनो अधिकार प्राप्तीका लागि रगतको खोलो बगाउन तयार रहेको अध्यक्ष लिङदेनले बताउनुभयो । टेलिफोनमा कुराकानी गर्दे संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष लिङदेनले सदियौदेखी आफनो अधिकार प्राप्तीका लागि लिम्बुवानले आन्दोलन गरीरहदा सरकारले बेवास्था गरेको तर मधेसी नेताहरुले ३ , ४ महिना गरेको आन्दोलन प्रति सरकारको ध्यानाकर्षण भएको र आन्दोलनलाई सम्बोधन गर्ने नाममा लिम्बुवानको भुभाग टुक्रयाएर मधेसमा गाभ्ने खेल खेलिरहेको जुन लिम्बुवानलाई अमान्य हुने बताउनुभयो ।
लिम्बुवानको सहमतीबिना सुनसरी र मोरङ्ग टुक्रयाएर मधेश प्रदेसमा मिसाइए अरुण पूर्वका लिम्वुहरु सरकार बिरुद्ध जाइलाग्ने र अधिकार प्रप्तीकालागि लिम्बुवानहरु आन्दोलनमा होमिने पनि अध्यक्ष लिङदेनले बताउनुभयो । इटहरीमा बिहीबार बृहत बिरोधसभा हुदै यसै बिच सरकारले मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्ने नाममा प्रदेश नं १ बाट सुनसरी र मोरङ्गलाई नटुक्रयाउन दबाव दिदै सरकार बिरुद्ध पूर्वको केन्द्र इटहरीमा बिहीबार दिउसो बृहत बिरोधसभाको आयोजना गरीएको छ । इटहरीमा रहेको नागरीक समाज , उद्योग बाणिज्य संघ लगायत केही सामाजीक संस्थाहरुको सहभागीतामा इटहरी उपमहानगरपालीका परिषरमा बिहीबार बृहत बिरोध सभाको आयोजना गरीएको बुझिएको छ ।