दिल्लीमा आईएसले गर्नसक्छ हवाई हमला, आकाशमा देख्नेवित्तिकै उडाउन आदेश

काठमाडौं, १३ मंसिर । आतंकवादविरुद्ध आवाज उठाइरहेको भारत स्वयम आफै त्यसको निशानामा परेको छ । हालैका विभिन्न देशका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध विश्वका सबै देश मिल्नुको विकल्प नभएको भन्दै आतंकवादविरुद्धको लडाइँमा भारत सहकार्य गर्न तयार रहेको बताएका

थिए । तर, उनले यसो भनिरहँदा भारत आईएसको निशानामा परेको हो । भारतीय च्यानल आजतक लेख्छ– दिल्ली आतंकवादीको निशानामा छ । इस्लामिक स्टेट जस्ता आतंकवादी संगठन यहाँ हवाई हमला गर्ने तयारीमा छन् । भारतको गृह मन्त्रालयले चेतावनी समेत जारी गरेको छ । सुरक्षा एजेन्सीहरुका अनुसार दिल्लीका १५ प्वाइन्ट तयार गरिएको जहाँ आतंकवादीले निशाना बनाउन सक्छन् । हमला ड्रोन, यूएएस (अनमैन्ड एयर सिस्टम) र पैरामोटरबाट हुन सक्छ । त्यसकारण गृह मन्त्रालयले दिल्लीको आकाशमा कुनै पनि संदिग्ध(आतंकवादी लडाकू विमान) देखियो भने त्यसलाई उडाउन आदेश दिएको छ । यसअघि पनि भएको हवाई हमलाको प्रयास भारतीय च्यानल आजतकका अनुसार पछिल्लो गएको महिनामा दिल्ली एयरपोर्टको आसपास एक ड्रोन देखिएको थियो, तर सुरक्षा एजेन्सीले अहिलेसम्म यसको रहस्यमा सफल भएका छैनन् । ड्रोनबाट गरिएको प्रयास असफल भएको दाबी गरिएको छ । यद्यपी टर्निङ प्वाइन्टहरु ड्रोनले खिचेर लगेको हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री निवास पनि खतरामा गृह मन्त्रालयले भनेको छ- प्रधानमन्त्री निवासमा पनि खतरा बढेको छ । यसको साथै राष्ट्रपति भवन, राजपथ र इण्डियाका आसपासका इलाका र सीबीआई, सीआईएसएफ र बीएसएफ के मुख्यालयमा पनि हमलाको खतरा आकलन गरिएको छ । यसैबीच गृह मन्त्रालयले वायुसेनाका अधिकारीलाई कुनै पनि आतंकवादी गतिविधी आकाशमा देखिए सिधै उडाउन निर्देशन दिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस