राजधानीमा फेरी अर्को विमान दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु
दक्षिण सुडानको राजधानी जुवामा एक विमान दुर्घटना हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ ।
जुवास्थित विमानस्थलबाट प्रस्थान गरे लगत्तै विमान दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्
राजधानी जुवा नजिकैबाट बग्ने ह्वाइट नाइल नदीको किनारमा विमानका टुक्रा टुक्री छरपष्ट भएको समाचारमा जनाइएको छ । अहिले सम्म ४० जनाको शव फेला पारिएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।


