प्रदर्शनकारीले हानेको पेट्रोल बम र गुलेली लागेर पत्रकार र प्रहरी घाइते

वीरगंज- माइस्थानमा प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बम लागेर एक पत्रकार घाइते भएका छन्।



वीरगन्जबाट प्रकाशित हुने हिन्दी भाषाको पत्रिका सन्डे टाइम्स साप्ताहिकमा कार्यरत पत्रकार विद्यार्थी गिरी घाइते भएका हुन। उनको ना २१ प ९६४३ नम्बरको मोटरसाइकलमा पनि क्षति पुगेको छ। प्रदर्शनकारीको प्रहारबाट वीरगन्ज सुख्खा बन्दरगाहमा कार्यरत भरत नेपाल घाइते छन्।
प्रदर्शनकारीले हानेको गुलेली लागेर प्रहरी जवान हरेन्द्र प्रसाद कुसवाहको अाँखामा गम्भीर चोट लागेको छ। पर्साका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीका अनुसार तीनैजना घाइतेलाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। वीरगन्जमा दिनभर प्रदर्शन जारी छ।

प्रतिक्रिया दिनुहोस