रुसी विमान आकाशमै टुक्रिएर खसेको दावी
कात्तिक- इजिप्टमा केही दिनअघि भएको रुसी विमान दुर्घटना आकाशमै टुक्रिएर जमिनमा खसेको दावी गरिएको छ । विमानका टुक्राहरु २० किलोमिटर टाढासम्म भेटिएकाले आकाशमै टुक्रिएको अनुसन्धानकर्ताको भनाई छ । साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त रुसी यात्रुवाहक विमानमा सवार सबै २ सय २४ जनाको मृत्यु भएको थियो । एयरबस ए ३२१ विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको थियो । विमान दुर्घटनापछि कैयौं शवहरु जमीनमा छरिएका र केही आफ्नै सीटमा पेटी बाँधिएको अवस्थामा रहेको अवस्थामा भेटिएको थियो । विमान दुर्घटनामा धेरै जनाको मृत्यु भएपछि रुस सरकारले हिजो राष्ट्रिय शोकको समेत घोषणा गरेको थियो ।


