किन कुटन खोजियो धर्नामा बसेका मधेशी नेतालाईः यस्तो छ कारण
भारतीय नाका नजिकै धर्नामा बसिरहेका मधेशी नेता कार्यकर्ताले भारतीय नागरिकबाट दुर्ब्यवहार ब्यहोर्नु परेको छ । भारतीय नागरिकहरुले धर्नामा बसिरहेकाहरुलाई कुटपिट गर्न खोजेका हुन् ।
नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक
नाकामा बसेर भारतको बेइज्जत गरेको तथा भारतको ब्यापार ब्यवसायमाथि समेत नोक्सानी पुर्याएको भन्दै भारतीय पक्षका मानिसहरु मधेशी नेता कार्यकर्तामाथि खनिएका थिए ।
किन भयो घटना
मंगलबार साँझ मधेशी नेताहरुमाथि कुटपिट हुन खोजेको स्थानीय सञ्चारकर्मीले जनाएका छन् । नाका रोकेर आफ्नो रोजी रोटीलाई नै समस्या पारेको भन्दै भारतीय नागरिकहरुले धर्नामा बसेकाहरुमाथि आक्रोश पोखेका थिए ।
नेपाली मधेशीका कारण भारत नै समस्यामा परेको मधेशीकै कारण भारतीय नागरिक बीरगञ्जमा मारिएको भन्दै उनीहरुले गाली गलौज पनि गरेका थिए । मधेशी आन्दोलनका कारण भारतीय ब्यापारीलाई अरवौंको घाटा भएको समेत उनीहरुले बताएका थिए ।
बीरगञ्जको रिहर्सल र भारतको खतरनाक रबैया !
अव भारतबाट धर्नामा बस्नेहरुलाई सहयोग नहुने संकेत समेत उनीहरुले गरेको एक सञ्चारकर्मीले हेडलाइन्सलाई जानकारी दिए ।


