भारतको नाकाबन्दीकाबीच संयुक्त राष्ट्रसंघका प्रतिनिधी नेपाल आइपुगे संसद भवनमा सभामुख घर्तीसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १६ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच संयुक्त राष्ट्रसंघका प्रतिनिधी नेपाल आइपुगेका छन् ।


सोमबार संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि अरपाइन कोरेयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएको हो । उहाँ राष्ट्रिय सूचना आयोगले मङ्गलबार आयोजना गर्न लागेको सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँ आउनुभएको हो ।
नेपाल आएलगत्तै कोरेयानले सभामुख ओनसरी घर्तीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटवार्तामा आपसी हितका विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि कोरेयामले नेपालमा सूचना प्रविधिमा प्राविधिक सहयोग गर्ने विषयमा समेत कुराकानी भएको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोरेयानले नेपालमा भारतीय नाकाबन्दीका विषयमा समेत चाँसो राख्नुभएको छ । नाकाबन्दीका विषयमा कोरेयानले प्रधानमन्त्रीसँग पनि छलफल गर्नुहुने बताइएको छ ।
केही दिन अगाडि राष्ट्रसंघले भारतलाई कारवाही गर्ने गरी नेपालसँग नाकाबनदीबारे जवाफ मागेको थियो । तर, जवाफ पछि पठाउने कुरा नेपालले भनेको थियो ।
dainiknepal.com

प्रतिक्रिया दिनुहोस