ताप्लेजुङमा प्रहरी र सशस्त्र समूहको भिडन्त, एकको मृत्यु

कार्तिक १७, २०७२- प्रहरी र सशस्त्र समुहबीच मंगलवार भएको गोलिहानाहानमा एक जनाको मृत्यु भएको छ । दुई जना प्रहरी घाइते भएका छन् । जिल्लाको पश्चिमी सान्थाक्रा गाविसमा भएको गोली हानाहानमा खेजेनिम गाविस ३  का समिर लिम्वु नाम गरेको नागरिकता बोकेका ब्यत्तिको मृत्यु भएको प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए ।



कोइरालाका अनुसार घाइते प्रहरी मध्ये एक जनाको हातमा र अर्कोको खुट्टामा चोट लागेको छ । मृतक प्रहरीले दसैं अगाडि देखिनै लगातार खोजी गरिरहेको देउमान लाबुङ -हाराहाङ) समुह मध्येका एक  सदस्य भएको कोइरालाले बताए ।

मंगलवार दोभान इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवी फागोको नेतृत्वमा खटिएको टोलि सान्थाक्रा ६ को थेवाटारमा पुग्दा उत्त समुहले फायरिङ गरेको र प्रहरीको जवाफी फायरिङमा उनको  मृत्यु भएको कोइरालाले बताए । प्रहरीले घटनास्थलवाट सकेट बम, कम्ब्याट ड्रेस, ब्याटि्र, बारुद, १४ हजार नगद लगायतका सामग्री बरामद गरेको छ । पाँच/छ जनाको समुहमा रहेका अरुको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।

किँरात मुलवासी स्वतन्त्र लिम्वुवानको नाममा रहेको समुह सँग प्रहरीको दसैं अगाडि देखिनै झडप हुँदै आएको थियो । यसअघिका भिडन्त जिल्लाको उत्तरी इखावु गाविसमा भएका थिए ।

प्रतिक्रिया दिनुहोस