चीनले नेपालको सबै नाका खोलीदिने, नेपालले मागेको सहयोग गर्ने भन्दै थियो यस्तो जवाफ !
बिहीबार नेपाल र चनबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । विभिन्न नाकाको व्यापारिक मार्गमा सहजता, नेपाली बस्तुमा भन्सार छुट दिने चिनियाँ निर्णयको कार्यान्वय लगायत ११ वुँदे सहमतिमा औपचारिक हस्ताक्षर हुने भएको हो ।
त्यसका साथै चीनले विभिन्न नेपाली बस्तुलाई भन्सारमा दिदै आएको छुट कार्यान्यन गर्ने विषयमा पनि लिखित सहमति हुने बार्ता टोलीका सदस्य एवं भन्सार बिभागका प्रवक्ता सूर्य सेढाँईले जानकारी दिए । अहिले संचालननमा रहेको रसुवाको केरुङ नाकाको स्तरोन्नती, सडक मर्मत पछि तातोपानी नाकापनि छिट्टै सञ्चालनमा ल्याउने विषयमा पनि सहमति भएको छ ।
अपरान्ह ५ वजे हुने सहमतिपत्रमा भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली वार्ताटोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले

